नेपालमा थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु


प्रकाशित मिति : कार्तिक १९, २०७७ बुधबार

नेपालमा कोरोना महामारी दर्शाउने अतिस महतको स्केच ।

नेपालमा थप ३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३ हजार ३०९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ४४ हजार ९७८ जना स‌ंक्रमणमुक्त भएका छन् ।

उपत्यकामा थप १ हजार ८७८ जनामा कोरोना संक्रमण

पछिल्लो घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ८७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५७० , भक्तपुरमा ११९ र ललितपुरमा १८९ जनामा संक्रमण पुष्टि भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

थप ३० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com