२०१६ मा ट्रम्पले जीतेको एरिजोनामा बाइडेनको जीत


प्रकाशित मिति : कार्तिक १८, २०७७ मंगलबार

२०१६ को राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले जीतेको एरिजोनामा यससटक जो बाइडेनले चुनाव जितेका छन् । ११ इलेक्टोरल कलेज मत रहेको एरिजोनामा बाइडेनले जीतेका हुन् ।

सन् २०१६ को चुनावमा ट्रम्पले ४८ दशमलव ११ प्रतिशत मत ल्याएका थिए भने हिलारी क्लिन्टनले ४४ दशमलव ६ प्रतिशत मत ल्याएकी थिइन् ।

अहिले ७६ प्रतिशत मत परिणाम अनुशार बाइडेनले १२ लाख ९० हजार बढी मत ल्याइसकेका छन् । ट्रम्पले भने झण्डै ११ लाख मत ल्याएका छन् । एरिजोनामा ट्रम्पले सन् २०१६ को चुनावमा १२ लाख ५२ हजार भन्दा धेरै मत ल्याएका थिए ।

अहिलेसम्मको मत परिणाम अनुशार जो बाइडेनले २२३ इलेक्टोलर मत जीतेका छन् । राष्ट्रपति चुनावमा निर्वाचित हुनका लागि कम्तीमा २७० इलेक्टोरल मतको आवश्यकता पर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै अहिलेसम्मको मत परिणाम अनुशार डोनाल्ड ट्रम्पले १४८ इलेक्टोलर मत जीतेका छन् । पपुलर भोटमा पनि बाइडेनले ट्रम्पलाई उछिनेका छन् ।

अब सबैको ध्यान टेक्सास र पेन्सिलभेनियामा रहेको छ । कुनै बेला रिपब्लिकनको पकड रहेको जर्जिया अहिले ब्याटलग्राउण्ड भएको छ । जर्जियामा ट्रम्प अगाडि देखिएका छन् । सन् २०१६ मा ट्रम्पले जितेको आयोवामा पनि बाइडेन अगाडि देखिएका छन् ।

 

अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।

यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।

५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com