फ्लोरिडामा २०१६ को तुलनामा ट्रम्पलाई यसपटक बढी ल्याटिनो मत


प्रकाशित मिति : कार्तिक १८, २०७७ मंगलबार

सन् २०१६ को राष्ट्रपति चुनावका तुलनामा यसपटक डोनाल्ड ट्रम्पले फ्लोरिडामा बढी ल्याटिनो मत प्राप्त गरेको सीएनएन एक्जीट पोलले देखाएको छ । ट्रम्पले सन् २०१६ को तुलनामा ३५ प्रतिशत बढी ल्याटिनो मत भएको एक्जीट पोलले देखाएको छ ।

जर्जिया र ओहायोमा पनि जो बाइडेनले ल्याटिनो मत गुमाएको एक्जीट पोलले देखाएको छ । पोलका अनुशार बाइडेनले जर्जियामा २५ प्रतिशत प्वाइन्ट र ओहायोमा २४ प्वाइन्टमात्र ल्याटिनो मत पाएका छन् ।

पछिल्लो मतपरिणाम अनुशार फ्लोरिडामा ट्रम्पले अग्रता कायम गरेका छन् । यो समाचार तयार पार्दासम्म ९० प्रतिशत मतपरिणाम आइसकेको छ । जसमा ट्रम्पले ५१ दशमलव २ प्रतिशत र बाइडेनले ४७ दशमलव ९ प्रतिशत मत पाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जर्जियामा पनि ट्रम्प नै अगाडि रहेका छन् । तर टेक्सासमा भने बाइडेन अगाडि रहेका छन् । यो समाचा तयार पार्दासम्म टेक्सासमा ५६ प्रतिशत मत परिणाम आएको छ । जसमा बाइडेन ट्रम्पभन्दा १ दशमलव ३ प्रतिशतले अगाडि रहेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com