न्युयोर्कसिटीमा मात्रै ११ लाखले गरे अग्रिम मतदान, अमेरिकाभर झण्डै १० करोड


प्रकाशित मिति : कार्तिक १६, २०७७ आईतबार

न्युयोर्कमा आइतबार अग्रिम मतदानको अन्तिम दिन रहेकोमा न्युयोर्क सिटीमा रहेका अमेरिकनहरु पनि उत्साहजन रुपमा अग्रिम मतदानमा सहभागी भएका छन् । न्युयोर्कमा अक्टोबर २४ देखि अग्रिम मतदान सुरु भएकोमा आइतबार सकिएको हो । सोमबार एकदिन खाली हुनेछ भने मंगलबार चुनावको मुख्य दिन हो ।

अक्टोबर २४ देखि नोभेम्बर १ सम्म न्युयोर्क सिटीमा ११ लाख १९ हजार ५६ जनाले अग्रिम मतदान गरेका छन् । जसमध्ये ब्रोंक्समा १ लाख ५३ हजार ७९ जनाले, ब्रुकलिनमा ३ लाख ७३ हजार २ सय ७० जनाले, क्वीन्समा २ लाख ५० हजार ८३ जनाले, म्यानहटनमा २ लाख ३८ हजार ५ सय ८१ जनाले र स्टेटन आइल्याण्डमा १ लाख ४ हजार ४३ जनाले मतदान गरेका छन् ।

अमेरिकाभर झण्डै १० करोडले अग्रिम मतदान गरिसकेका छन् । जसमध्ये सबैभन्दा धेरै क्यालिफोर्निया, टेक्सास र फ्लोरिडामा मतदान भएको छ । क्यालिफोर्नियामा १ करोड बढीले अग्रिम मतदान गरिसकेका छन् भने टेक्सासमा ९७ लाख भन्दा धेरैले अग्रिम मतदान गरिसकेका छन् । ब्याटलग्राउण्ड राज्यका रुपमा रहेको फ्लोरिडामा ८७ लाख भन्दा धेरैले अग्रिम मतदान गरिसकेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वासिंटन पोष्ट र एबीसी न्यूजको पोलमा दुई ब्याटलग्राउण्ड राज्यहरुमध्ये पेन्सिलभेनियामा राष्ट्रपति उम्मेदबार जो बाइडेन र फ्लोरिडामा राष्ट्रपति उम्मेदबार डोनाल्ड ट्रम्प अगाडि देखिएका छन् । यी दुई राज्यहरु अहिले निर्णायक राज्यका रुपमा अगाडि आएका छन् ।

तपाईले आजै भोट हाल्नुपरेमा कस्लाई हाल्नुहुन्छ ? वा भोट हालिसक्नुभएको छ भने कस्लाई हाल्नुभयो ? भन्ने प्रश्नमा सम्भावित मतदाताहरुमध्ये पेन्सिलभेनियामा ५१ प्रतिशत बाइडेनका पक्षमा र ४४ प्रतिशत ट्रम्पका पक्षमा देखिएका छन् ।

सोही प्रश्नमा फ्लोरिडामा ५० प्रतिशत ट्रम्पका पक्षमा र ४८ प्रतिशत बाइडेनका पक्षमा देखिएका छन् । पेन्सिलभेनियामा बाइडेनले जित्ने सम्भावना उच्च रहेपनि फ्लोरिडामा भने तत्काल अनुमान लगाउन निकै मुस्किल रहेको छ । एकमहिना अगाडि पेन्सिलभेनियामा पनि बाइडेनका पक्षमा ५४ प्रतिशत रहेकोमा अहिले ५१ प्रतिशतमा झरेको छ ।

फोटो: वासिंटन पोष्ट

दुईवटा राज्यहरुमा सबैको ध्यान केन्द्रीत भइरहेपनि अन्य ब्याटलग्राउण्ड राज्यहरुको पनि उत्तिकै महत्व छ । कुनै बेला रिपब्लिकनको पकड रहेको जर्जिया अहिले ब्याटलग्राउण्ड राज्य भएको छ भने टेक्सासमा ट्रम्पले जित्ने सम्भावना उच्च रहेपनि प्रतिस्पर्धा भने कम रोचक छैन ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com