चुनावको राती हुलदंगा हुनसक्ने आशंकामा न्युयोर्कका स्टोरमा ठोकियो प्लाइउड


प्रकाशित मिति : कार्तिक १६, २०७७ आईतबार

चुनावको राती हुलदंगा हुनसक्ने आशंकामा न्युयोर्क सिटीका कैयन स्टोरमा प्लाइउड ठोकिएको छ । स्टोरका सिसाका झ्यालहरु तोडफोड हुनसक्ने आंशकामा प्लाइउड ठोकिएको हो ।

न्युयोर्कको हेराल्ड स्क्वायरमा रहेको चर्चित स्टोर मेसिजले स्टोरको सिसालाई ढाक्नेगरी प्लाइउड ठोकेको छ । चुनावको राती तोडफोड र लुटपाट हुनसक्ने सम्भावनालाई मध्यनजर गरेर सुरक्षाका लागि यसो गरिएको जनाइएको छ ।

जर्ज फ्लोयडको मृत्युपछि भएका प्रदर्शनका क्रममा यो स्टोरमा तोडफोड र लुटपाट भएको थियो । यद्यपी चुनावको दिनमा र त्योभन्दा अगाडि पनि यो स्टोर दिउसोमा भने खुल्ला नै रहनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कका मेयर बिल ब्लाजिओले शान्तिपूर्ण प्रदर्शन स्वीकार्य हुने तर कुनै हुलदंगा भएका तुरुन्तै रोक लगाइने बताएका छन् । विभिन्न प्रदर्शनहरु र दुई समुहका प्रदर्शनकारीहरुबीच हुनसक्ने झडपलाई मध्यनजर गरेर तयारीहरु गरिएको मेयर ब्लाजिओले बताएका छन् ।

टाइम्स स्क्वायरमा रहेको टि मोबाइलको स्टोरमा पनि प्लाइउड ठोकिएको छ । न्युयोर्कका कैयन स्टोरमा प्लाइउड ठोकिएको छ भने चुनावको दिनसम्म अरु कैयनमा पनि ठोकिने अपेक्षा गरिएको छ ।

न्युयोर्कबाहेक वासिंटन डिसी लगायतका क्षेत्रमा समेत कैयन स्टोरमा प्लाइउड ठोकिएको छ । अमेरिकामा राष्ट्रपति चुनावको मुख्य दिन नोभेम्बर ३ हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com