अमेरिकी राष्ट्रपतिको चुनाव आउन एकसाता बाँकी, १४ ब्याटलग्राउण्ड राज्यमा को अगाडि ?


प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार

अमेरिकी राष्ट्रपति चुनाव आउन अब एकसातामात्र बाँकी रहेको छ । नोभेम्बर ३ मा चुनावको मुख्य दिन भएपनि करोडौंले चुनाव अगाडि नै हुलाकमार्फत र अर्लि भोटिङमा सहभागी भएर मतदान गरिसकेका छन् ।

मतदाताहरुले डोनाल्ड ट्रम्प अर्को कार्यकालका लागि पनि ह्वाइटहाउसमा नै रहने वा ह्वाइट हाउस छाड्ने भन्ने कुराको निर्धारण नोभेम्बर ३ मा गर्नेछन् । सन् १९७० देखि राजनीतिमा सकृय अर्का उम्मेदवार जो बाइडेन तत्कालिन राष्ट्रपति बराक ओबामाका उपराष्ट्रपतिका रुपमा चर्चित छन् ।

पछिल्ला राष्ट्रिय सर्वेक्षणहरुमा बाइडेन अगाडि देखिएका छन् । राष्ट्रिय सर्वेक्षणमार्फत राष्ट्रिय रुपमा को बढी लोकप्रिय छ भन्ने कुरा जान्न मद्दत पुग्छ । तर राष्ट्रिय सर्वेक्षणहरुले चुनावको नतिजाको प्रक्षेपण गर्नसक्छन् भन्ने ठोकुवा भने गर्न सकिन्न ।

सन् २०१६ को चुनावमा हिलारी क्लिन्टन यस्ता सर्वेक्षणहरुमा अगाडि थिइन् । उनले ट्रम्पको तुलनामा झण्डै ३० लाख बढी मत पनि ल्याएकी थिइन् । तर पनि उनले चुनावमा भने पराजित हुनुपरेको थियो । इलेक्टोरल कलेजका आधारमा नतिजा निर्धारण हुने भएकाले अमेरिकी चुनावमा पपुलर मत बढी ल्याउनेले पनि हार्नसक्छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

यो बर्षको सुरुदेखिका अधिकांश सर्वेक्षणहरुमा बाइडेनले नै नेतृत्व गरेका छन् । चुनाव आउन ७ दिन बाँकी रहँदा बाइडेनको पक्षमा ५२ प्रतिशत र ट्रम्पका ४२ प्रतिशत देखिएको छ । तर चुनाव कस्ले जित्छ भन्ने थाहा पाउन भने चुनावपछिका पनि कैयन हप्ताहरु कुर्नुपर्ने देखिन्छ ।

राष्ट्रपति चुनावमा कुल ५३८ इलेक्टोरल कलेज भोटमध्ये विजयी हुनका लागि कम्तीमा २७० इलेक्टोलर कलेज भोटको आवश्यकता पर्छ । अहिलेसम्मका सर्वेक्षणहरुमा १४ वटा ब्याटलग्राउण्ड राज्यहरुमध्ये ३ वटामामात्र ट्रम्प अगाडि देखिएका छन् । ११ वटामा बाइडेन अगाडि देखिएका छन् ।

सन् २०१६ मा ट्रम्पले चुनाव जितेको एरिजोनामा सर्वेक्षणमा बाइडेन अगाडि देखिएका छन् । बाइडेनको पक्षमा ४८ दशमलव ८ प्रतिशत रहेको छ भने ट्रम्पका पक्षमा ४६ दशमलव ४ प्रतिशत रहेको छ । एरिजोनामा ट्रम्पले सन् २०१६ मा ३ दशमलव ६ प्रतिशत मत बढी ल्याएर चुनाव जितेका थिए ।

त्यस्तै सन् २०१६ मा ट्रम्पले १ दशमलव २ प्रतिशत बढी भोट ल्याएर चुनाव जितेको फ्लोरिडामा सर्वेक्षणमा बाइडेनका पक्षमा ४९ प्रतिशत र ट्रम्पका पक्षमा ४७ दशमलव २ प्रतिशत देखिएको छ । फ्लोरिडा ब्याटलग्राउण्ड राज्यमध्येको पनि महत्वपूर्ण राज्य हो ।

लामोसमयदेखि रिपब्लिकनको प्रभाव कायम रहेको जर्जियामा सन् २०१६ को चुनावमा ट्रम्पले ५ दशमलव २ प्रतिशत बढी मत ल्याएर चुनाव जितेका थिए । तर यो राज्य अब ब्याटलग्राउण्ड राज्य भएको छ । सर्वेक्षणमा ट्रम्पका पक्षमा ४७ दशमलव २ प्रतिशत र बाइडेनका पक्षमा ४६ दशमलव ८ प्रतिशत देखिएको छ ।

आयोवामा सन् २०१६ मा ट्रम्पले ९ दशमलव ५ प्रतिशत बढी भोट ल्याएर चुनाव जितेका थिए भने मिशिगनमा शुन्य दशमलव २ प्रतिशत बढी भोट ल्याएर चुनाव जितेका थिए । तर सर्वेक्षणमा दुबै राज्यमा अहिले बाइडेनको अग्रता देखिएको छ ।

२०१६ मा हिलारीले चुनाव जितेका मिनेसोटा, नेभाडा र न्यु ह्याम्पशायरमा सर्वेक्षणहरुमा बाइडेनको अग्रता देखिएको छ । सन् २०१६ मा ट्रम्पले चुनाव जितेका नर्थ क्यारोलिनामा पनि बाइडेनको अग्रता देखिएको छ । तर २०१६ मा ट्रम्पले चुनाज जितेका ओहायो र टेक्सासमा भने अहिले पनि ट्रम्पकै अग्रता देखिएको छ ।

२०१६ मा ट्रम्पले चुनाव जितेका पेन्सिलभेनिया र विसकन्सिनमा बाइडेनको अग्रता देखिएको छ भने २०१६ मा हिलारीले चुनाव जितेको भर्जिनियामा पनि बाइडेनको अग्रता देखिएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com