गोकुल बाँस्कोटालाई कोरोना संक्रमण
प्रकाशित मिति : कार्तिक ६, २०७७ बिहीबार
पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।
उनीसँगै श्रीमती तारा मानन्धरलाई पनि कोरोना पोजेटिभ देखिएको छ । आफूलाई लक्षणबिना पोजेटिभ देखिएको तर श्रीमतीलाई लक्षणसहित संक्रमण पुष्टि भएको उनले बताएका छन् ।
तर, उनका दुई छोरालाई भने संक्रमण देखिएको छैन । उनले बितेको १० दिन यता आफूले कसैलाई नभेटेको पनि बताएका छन् ।