भारतीय जासूसी संस्था ‘रअ’ प्रमुख गोयल काठमाडौंमा


प्रकाशित मिति : कार्तिक ५, २०७७ बुधबार

भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामान्तकुमार गोयल नेपाल भ्रमण आएका छन् । बुधबार अपरान्ह इन्डियन एयर फोर्सको विशेष चार्टर्ड विमानबाट गोयल र रअ कै अर्का उच्चअधिकारी नेपाल आएको बताइएको छ ।

यद्यपि, उनी के प्रयोजनका लागि नेपाल आएका हुन् भन्ने खुलेको छैन् । स्रोतका अनुसार उनीहरु आजै बेलुकी ९ बजे दिल्ली फर्किनेछन् ।

भारतीय सेनाका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको नेपाल भ्रमण तय भइसकेको अवस्थामा ‘रअ’ का प्रमुख नेपालको भ्रमणमा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com