आश्विनमा नेपाल जानेमा सबैभन्दा धेरै अमेरिकाबाट, दोश्रोमा बेलायतबाट


प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार

आश्विन महिनामा विदेशबाट नेपाल जानेमा सबैभन्दा धेरै अमेरिकाबाट रहेको नेपाल सरकारको अध्यागमन विभागले जनाएको छ । आश्विन महिनामा अमेरिकाबाट २४० जना नेपाल गएका थिए, जसमध्ये १६१ जना पुरुष र ७९ जना महिला रहेका थिए ।

आश्विन महिनामा विदेशबाट नेपाल जानेमा दोश्रोमा बेलायतबाट जानेहरु रहेका छन् । बेलायतबाट यो महिनामा १६७ जना नेपाल गएका थिए, जसमा ९७ जना पुरुष र ७० जना महिला रहेका थिए ।


आश्विन महिनामा नेपाल छाडेर विदेश जानेहरुमा भने सबैभन्दा धेरै चीन जानेहरु रहेका छन् । यो महिना ११९४ जना चीन प्रस्थान गरेका थिए, जसमा ९९३ जना पुरुष र २०१ जना महिला रहेका थिए ।

आश्विनमा नेपालबाट अमेरिका जानेहरु ४०२ जना र बेलायत जानेहरु २२५ जना रहेका थिए । आश्विनमा महिना ११९१ जना विदेशीहरु नेपाल आएका छन् भने २८१४ जना विदेशीहरुले नेपाल छाडेका छन् ।

आश्विनमा नेपाल प्रवेश गर्ने नेपालीहरुको कुल संख्याभने ४६ हजार ४८ रहेको छ । त्यस्तै नेपाल छाडेर विदेश जाने नेपालीहरुको संख्या १८ हजार ५ सय ८६ रहेको छ ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com