अमेरिका निवासी लोकगायक बिमल डाँगीको रचना र संगीतमा रहेको ‘हाम्रोमाया चर्किएको ऐनासरी नफुटोस’ गीत युट्युबमा लोकप्रिय बन्दै गएको छ । झण्डै एकसातामा १० लाखभन्दा धेरैपटक हेरिएको यो गीत प्रवीण बेडुवाल र रचना रिमालले गाएका छन् ।
डाँगीको यो गीतका ओरिजिनल गायक भने सपना श्री र कृष्णभक्त राई हुन् । जुन गतबर्ष डाँगीले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका थिए । ओरिजिनल गीत थोरैपटकमात्र हेरिएपनि प्रवीण बेडुवाल र रचना रिमालको स्वरमा गतसाता पुन सार्वजनिक गरेपछि गीतको चर्चा चुलिएको छ । अहिलेको गीत पनि बिमल डाँगीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
गीतमा बीबी अनुरागीको संगीत संयोजन, श्याम श्वेत रसाईलीको मिक्सिङ, उदिराम खड्काको निर्देशन, मिराज अर्यालको छायांकन र सम्पादन रहेको छ । गीतको भिडियोमा बिबेक खड्का, सचिन वलि, बिन्दु खड्का, दिपक बिटिएल र मनोज खड्काले अभिनय गरेका छन् ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
गीतमा सन्जीब बराईलीले गीतार, भुवन गन्धर्बले मादल, रबिन कार्की ढलीले भायोलिन र गोपाल देवले बाँसुरी बजाएका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।