दशैंका गीत धमाधम, टेक्सासका लामिछानेको गीतमा स्वदेश जान नपाएकाको व्यथा
प्रकाशित मिति : कार्तिक २, २०७७ आईतबार
दशैं सुरु भएलगत्तै दशैंका गीतहरु सार्वजनिक हुने क्रम पनि जारी रहेको छ । यसैक्रममा अमेरिकाको टेक्सास निवासी हरि लामिछानेले दशै सम्बन्धी गित सार्वजनिक गरेका छन् ।
स्वदेशमा दशैं मनाउन जान नपाएकाहरुको व्यथालाई गीतमा समेटिएको छ । लामिछानेकै संगित, स्वर र अभिनय समेत रहेको गित अमेरिका र नेपालमा छायांकन गरिएको हो ।
सुब्रत आचार्यले निर्देशन गरेको गितमा अर्शिना भट्टराई प्रनिश श्रेष्ठ, सीमा ढकाल, सरिता राजथला, मनोज ओली, गणेश पाण्डे, एलिा खनाल, आशुतोष सुवेदी लगायतको अभिनय छ ।
उत्सव दाहालले नेपाल र आकाश रन्जीतले अमेरिकामा छायांकन गरेको भिडियो नबिन निरौलाले सम्पादन गरेका हुन् ।