पुरुषोत्तम ढकालका कृति ‘भगवानलाई प्रश्न’ र ‘बोर्डरलेस ड्रिम्स’ लोकार्पण


प्रकाशित मिति : आश्विन ३०, २०७७ शुक्रबार

कवि तथा गीतकार पुरुषोत्तम ढकालको कृति ‘भगवानलाई प्रश्न’ र ‘बोर्डरलेस ड्रिम्स’ को लोकार्पण गरिएको छ ।

कृति लोकार्पण गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व प्रधानमन्त्री मावधकुमार नेपालले उक्त साहित्यिक कृति उत्कृष्ट र गीति एल्बम राष्ट्रिय भावनाले ओतप्रेत भएको बताउँदै समाजका विसङगतिको दृष्टिकोण र मानिसमा हुने दानवीय रुपलाई ढकालले कवितामा चित्रण गरेको बताउनुभयो ।

समाजमा मानवीय संवेदना र प्रेमभाव जगाउने प्रवृत्तिलाई प्रोत्साहन गर्ने बेला भएको उल्लेख गर्दै उहाँले नकारात्मक भाव हटाउँदै देशप्रेमको भावना जगाउन र समाज रुपान्तरण गर्ने सवालमा कविताको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो । नेता नेपालले भन्नुभयो, “कविताको माध्यामबाट जुनसुकै विषयमा मानिसलाई तरङ्गित पार्न सकिन्छ, उत्प्रेरित गर्न सकिन्छ, त्यसमा कविहरु सफल पनि हुन्छन् ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले मानवीय प्रेमसहित प्राकृतिक विषयलाई सुन्दर ढङ्गले प्रस्तुत गरी राजनीतिक व्याङ्ग्यमूलक लेखनका लागि लेखकलाई बधाई दिनुभयो ।

नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्तले कति लेख्नेभन्दा पनि के लेख्ने र कसरी लेख्ने भन्ने कुराले कविताको अर्थ राख्ने बताउनुभयो । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष एवं वरिष्ठ कवि श्यामल अधिकारीले ढकाल परिस्कृत ढङ्गले कविता लेख्ने कविको रुपमा पाएको बताउनुभयो ।

अधिकारीले भन्नुभयो, “ढकालले अझै उत्कृष्ट कविताको खोजी गरी समाजसँग संवाद गर्दै उनीहरुको उद्वेग ल्याउन सक्षम हुने विश्वास गर्छु ।” अधिकारीले कविले नयाँ सम्भावना, शैली र भाषाको समेत खोजी गर्नुपर्नेमा जोड दिनुभयो ।

समालोचक प्रा डा खगेन्द्रप्रसाद लुइँटेलले कवि ढकाल चलायमान र विषयलाई कवितात्मक शैलीमा ग्रहण गर्ने क्षमता भएका व्यक्ति हुनुहुन्छ भन्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com