आजदेखि नयाँ ग्रिनकार्ड, यसरी प्राप्त गर्नुहोस् अनलाइनबाटै


प्रकाशित मिति : बैशाख १८, २०७४ सोमबार

अमेरिकाले आज (मे १) देखि लागुहुने गरी नयाँ डिजाइनको ग्रिनकार्ड जारी गर्न थालेको छ । ग्रिनकार्डका साथमा वर्क परमिट पनि नयाँ डिजाइनको रहेको छ । नेक्स्ट जेनेरेशन सेक्युअर आइडेन्टिफिकेशन डकुमेन्ट प्रोजेक्ट अन्तरगत ग्रिनकार्ड र वर्क परमिटको रिडिजाइन गरिएको युएससीआईएसले जनाएको छ ।

नयाँ कार्डमा ग्राफिक्स समुन्नत बनाइने छ भने फ्रडबाट बचाउने केही नयाँ विशेषताहरु छन् । कागजपत्रको दुरुपयोग र धोकाधडीबाट बचाउने विशेषताहरु थपिएको कार्ड आकर्षक छ ।

नयाँ जारी गरिने ग्रिनकार्ड र वर्क परमिटमा दुबैतर्फ फोटो छ । ग्रिनकार्डको पृष्ठभूमीमा स्ट्याचु अफ लिबर्टी र निलो रंग छ भने वर्क परमिटमा चिल र रातो रंग छ । नयाँ कार्डमा होलोग्राफिक चित्रलाई इम्बेड गरिएको छ भने कार्डमा कार्डवाहक व्यक्तिको हस्ताक्षर राखिएको छैन । त्यस्तै ग्रिनकार्डमा पनि पछाडिपट्टी अप्टिकल स्ट्राइप राखिएको छैन ।

अनलाइनबाट नयाँ डिजाइनको ग्रिनकार्ड फाइल गर्न चाहनेहरुले टिप्सहरु पढ्न यहाँ क्लिक गर्नुहोला । 

अनलाइनबाट नयाँ ग्रिनकार्ड प्राप्त गर्न यहाँ क्लिक गर्नुहोला ।

युएससीआईएसले नयाँ सँगै केहीसमय बचेका पूराना डिजाइनका कार्डहरु जारी गर्नसक्नेछ । तर कार्डमा तोकिएको म्यादका आधारमा कार्डको म्याद जाँच्न सकिनेछ । नयाँ डिजाइनसहितको ग्रिनकार्ड हराएमा वा चोरी भएमा पनि दुरुपयोग हुनसक्ने सम्भावना कम भएको युएससीआईएसले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com