बोलवाला बासु : न्युयोर्क टप्ने प्रयासमा स्कुलदेखि कलेज टपर वकिल


प्रकाशित मिति : भाद्र ८, २०७३ बुधबार

न्युयोर्क सधै जागा रहने सहरका रुपमा परिचित छ । यही जागाराम न्युयोर्कमा कहिलेकाँही एकजना कानुन व्यवसायी लेटनाइटसम्म पनि न्युयोर्कको क्वीन्समा रहेको कार्यालयको कम्प्युटरमा व्यस्त रहेका हुन्छन् । कुनै काममा हात हालिसकेपछि त्यो काम पूरा नगर्दासम्म जुधिरहने स्वभावका ति युवा कानुन व्यवसायीको मोबाइलमा श्रीमतिको फोन बज्न थालेपछि मात्र उनले लेटनाइट भइसकेको चाल पाउँछन् ।

उनी हुन्, अमेरिकामा कानुन व्यवसायमा सकृय एकजना नेपाली युवा बासुदेव फूलारा । फूलारा भन्छन् –“कानुनी डेडलाइनका कारण कहिलेकाँही कुनै काम त्यसैदिन सकाउनुपर्ने हुन्छ । कानुनी डेडलाइन एकदिन मिचेमा पनि क्लाइन्टको भविश्य बर्बाद हुनसक्छ । त्यसैले कहिलेकाँही मध्यरातसम्म बसेर पनि काम सकाउनुपर्ने हुन्छ ।” सुरु गरेको काम नसिध्याउदासम्म त्यसैमा एकोहोरो लागिरहने फूलारालाई कहिलेकाँही त मध्यरात हुन लागेको पनि पत्तो हुँदैन, घरबाट फोन आएपछि मोबाइल हेर्दा मात्र उनले पत्तो पाउँछन् मध्यरात हुन लागेको ।

मध्यरात हुन लागेको पत्तो नपाउने उनको नयाँ आदत होइन । विद्यालयमा होस् वा कलेजमा उनले अध्ययन गर्ने क्रममा पनि मध्यरात भएको पत्तो पाउँदैनथे । कुनै पाठ अध्ययन गर्न लागेपछि त्यसैभित्र घोत्लिने स्वभावका फूलारा त्यसैकारण विद्यालयदेखि कलेजसम्म सधै प्रथम भए । डोटीको ग्रामिण बस्तीमा पिता हरिदत्त फूलारा र माता पद्मादेवि फूलाराका सन्तानका रुपमा जन्मिएका बासु फूलाराले कक्षा १ देखि ५ सम्म स्थानीय सरस्वती प्राथमिक विद्यालयमा अध्ययन गर्दा कक्षाको कुरा छाडौं, सधै विद्यालयमा नै सबैभन्दा धेरै नम्बर ल्याएर ‘स्कुल फस्ट’ हुन्थे । त्यसपछि कक्षा ६ देखि १० सम्म डोटीकै शारदा माध्यामिक विद्यालयमा अध्ययन गर्दा पनि उनी हरेक वर्ष ‘स्कुल फस्ट’ भए ।

२०४८ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरेपछि उनी स्थानीय डोटी बहुमुखी क्याम्पसमा आइएल अध्ययन गर्न थाले । त्यहाँ पनि उनी कलेज टपर भए । उनको तेजिलो पढाईका कारण डोटी बहुमुखी क्याम्पसमा दुईवर्षसम्म छात्रबृत्ति पनि पाएका थिए । त्यसपछि उनी अध्ययनका शिलशिलामा काठमाडौं हान्निए । नेपाल ल क्याम्पसमा बीएल अध्ययन गरेका उनलाई त्यहाँ पनि दोश्रो हुनु परेन । फूलारा बीएलमा पनि नेपाल ल क्याम्पस टपर भए । त्रिभुवन विश्वविद्यालयबाट एलएलएम गरेका उनी लगातार दुईवर्ष सम्म नै कलेज टपर भए । एलएलएममा कलेजमा मात्र होइन, देशभरमै सबैभन्दा बढी नम्बर ल्याएर नेपाल टपर भइसकेपछि उनले तत्कालिन राजाबाट महेन्द्र विद्या भूषण समेत प्राप्त गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यतीबेला उनले नेपाल ल क्याम्पसमा एलएलएम टप गरे वापत सन् २००१ म जर्ज वारेन ब्राउनको सर्ट टर्म स्कलरसिप प्राप्त गरेका थिए । नेपालमा लामो समय अध्ययन अनुसन्धानमा विताएका उनले सन् २००३ मा नेपालमा पनि कानुन व्यवसायीको लाइसेन्स प्राप्त गरेका थिए । उनले नेपालमा एपेक्स कलेजमा ३ वर्षसम्म कानुन विषय पढाउने काम समेत गरे । त्यसपछि सन् २००५ मा अमेरिका आएका उनले अमेरिकाका सबैभन्दा टप ४९ मध्येको एउटा येशिभा युनिभर्सिटी अन्तरगतको कार्डोजो स्कुल अफ ल न्युयोर्कबाट ल विषयमा ग्रयाजुएट गरे । उनले यो कलेजमा अध्ययनका क्रममा सन् २००६ मा डिन मेरिट स्कलर समेत प्राप्त गरेका थिए ।

सन् २००५ मा अमेरिका आइसकेपछि कानुनी विषयमा अध्ययन अनुसन्धानमा व्यस्त रहेका फूलाराले सन् २०११ मा अमेरिकामा कानुन व्यवसायीको लाइसेन्स प्राप्त गरे । त्यसपछिका चारबर्षमा नै उनी न्युयोर्कका चर्चित नेपाली कानुन व्यवसायी बन्न सफल भएका छन् । सन् २०११ देखि यता अमेरिकामा अध्ययागमन सम्बन्धी र रियल स्टेट सम्बन्धि कैयन मुद्दा जितिसकेका उनले अपराधसम्बन्धि मुद्दा र सर्वोच्च अदालतका मुद्दाहरु समेत हेरेका छन् । उनले एसाइलमका संघीय मुद्दामा अमेरिकाका झण्डै दर्जन राज्यहरुमा पुगेर समेत वकालत गरेका छन् ।

नेपाली, बंगाली, पाकिस्तानी, तिब्बती र भारतीय लगायतका सेवाग्राहीका मुद्दा हेरेका फूलाराले डिपोर्टेशनका प्रोसेसमा रहेका कैयन व्यक्तिका मुद्दा समेत हेरिरहेका छन् । तीनवर्षको छोटो अवधिमा नै अहिलेसम्म सयौं मुद्दा हेरेको अनुभव संगालिसकेका उनले गरिब, बृद्ध, अशक्त लगायतका व्यक्तिलाई निशुल्क कानुनी सेवा समेत प्रदान गर्दै आएका छन् । नेपालमा द राइजिङ नेपाल, बिजनेश एज लगायतका पत्रिकाहरुमा सोधमुलक आलेखहरु प्रकाशित गरेका उनले अमेरिकामा समेत नेपालीहरुलाई काम लाग्ने कानुनी विषयमा संचारमाध्यमहरुमा कलम चलाउदै आएका छन् ।

हाल न्युयोर्कको क्षेत्री एण्ड एसोसिएट्स पीसीमा आवद्ध रहेर कानुन व्यवसायमा सकृय फूलाराले यसरी नेपालदेखि अमेरिकासम्मका अदालतमा बहस गरेको अनुभव हासिल गरिसकेका छन् भने उनी न्युयोर्क सिटी बार एसोसिएसन र क्वीन्स काउन्टी बार एसोसियसनका सदस्य समेत हुन् । आफ्नो काममा दत्तचित्त भएर लाग्ने स्वभावका कारण उनी अध्ययन र पेशामा सफल बन्दै गएका हुन् । श्रीमति प्रतिमा खतिवडा र दुई छोराछोरीका साथ न्युयोर्कमा बस्दै आएका फूलाराको भविश्यमा पनि कानुनी क्षेत्रमा नै सकृय हुने योजना छ ।

Bashu

फोटो ः तत्कालिन राजाबाट महेन्द्र विद्या भूषण ग्रहण गर्दै बासु फूलारा ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com