ट्रम्पका एकसय दिन : कम्तीमा ४५ नेपालीलाई देशनिकालाको आदेश


प्रकाशित मिति : १८ बैशाख २०७४, सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकसयदिनको कार्यकालका क्रममा अमेरिकाबाट कम्तीमा ४५ जना नेपालीहरुले देशनिकालाको आदेश पाएका छन् । यो एकसयदिनमा देशनिकालाका लागि अदालतमा मुद्दा दायर गरिएका नेपालीहरु ३ सय ५० बढी छन् ।

मार्च महिनामामात्र अमेरिकाबाट २० जना नेपालीहरुले देशनिकालाको आदेश पाएको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले जनाएको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांक अनुशार ट्रम्प कार्यकाल सुरु भइसकेपछि फरबरीमा ८ जना र मार्चमा २० जना नेपालीहरुले अमेरिकी अदालतबाट देशनिकालाको आदेश पाएका छन् ।

यसअगाडि आर्थिक बर्ष २०१७ को ओबामा कार्यकालको पहिलो ४ महिनामा २३ जना नेपालीहरुलेमात्र अमेरिकी अदालतबाट देशनिकालाको आदेश पाएका थिए । ओबामा कार्यकालको ४ महिनाको तुलनामा ट्रम्प कार्यकालको २ महिनामा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरु धेरै रहेका छन् ।

नेपालमा गएको विनाशकारी भूकम्पपछि अमेरिकामा रहेका नेपालीहरुले टीपीएस प्राप्त गरेपछि विगत २ बर्षमा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरुको संख्या हवात्तै घटेको थियो भने गत आर्थिक बर्षमा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरुको संख्या विगत १२ बर्ष यताकै कम रहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मार्च महिनामामात्र १४१ जना नेपालीहरुलाई देशनिकालालागि अमेरिकी अध्यागमन अदालतमा मुद्दा दायर गरिएको छ । फरबरीमा १११ जना नेपालीबिरुद्ध अध्यागमन अदालतमा देशनिकालाका लागि मुद्दा दायर गरिएको थियो ।

आर्थिक बर्ष सन् २०१७ मा ओबामा कार्यकालमा ४ महिनामा २१८ जना नेपालीहरुलाई देशनिकालाका लागि अदालतमा मुद्दा दायर गरिएको थियो भने ट्रम्प कार्यकालका २ महिनामा मात्र २५२ जना नेपालीहरुबिरुद्ध देशनिकालाका लागि अदालतमा मुद्दा दायर गरिएको छ ।

तस्विर : टेक्सासको एलपासोमा रहेको अध्यागमन अदालत ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com