‘निद्रा लाग्दैन’ मा लिल्ने


प्रकाशित मिति : आश्विन २८, २०७७ बुधबार

‘कर्मा’ र ‘भोलि देखि छोडिदिन्छु’ लगायतका सर्टमुभीहरुमा अभिनय गरेका अमेरिकाको टेक्सास निवासी युवा नयनराज पाण्डे नयाँ हिपहप गीत ‘निद्रा लाग्दैन’ नयाँ नाम ‘लिल्ने’का साथ आएका छन् ।  यो गीत आफ्नो आगामी एल्बमको गीत रहेको उनले जानकारी दिए ।

यो गीत उनको स्वर र अभिनय रहेको छ भने गीतकार पनि उनी आफै हुन् । यो गीतसहित ७ वटा गीतहरु समेटेको एल्बम यो बर्षको अन्त्यसम्ममा सार्वजनिक गर्ने उनले बताएका छन् । उनका अरु गीतहरु भने अडियो प्लेटफर्महरुमा उपलब्ध हुने उनले जानकारी दिए ।

नयनराज पाण्डे ‘लिल्ने’

उनका सातवटामध्ये २ वटा बाहेक अरु गीतहरु छोटा रहेका छन् भने २ वटा गीतहरु ४ मिनेटसम्मका हुने उनले जानकारी दिए । आगामी एल्बममा उनले अँग्रेजी गीतहरु समेत समावेश गर्ने बताएका छन् ।

उनले यो गीत मेमनेपालसँग मिलेर ल्याएका हुन् । उनले आफ्ना गीतहरु ‘लिल्ने’का नामबाट सार्वजनिक गर्दैछन् । भिडियो सार्वजनिक गरिएको गीतको सिनेमेटोग्राफी कमल पाण्डेको हो । निर्देशन सुमित पाण्डेले गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com