अर्थमन्त्री बने विष्णु पौडेल !
प्रकाशित मिति : आश्विन २८, २०७७ बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बिष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन् । यस्तै कृष्ण गोपाल श्रेष्ठ सहरी विकास मन्त्री बनेका छन् ।
उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् ।यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका छन् ।