न्युयोर्कमा अधिकांशको बेरोजगारी विमाको २६ हप्ता समाप्त, पीईयुसीको १३ हप्ते अवधि सुरु


प्रकाशित मिति : आश्विन २७, २०७७ मंगलबार

न्युयोर्कमा बेरोजगारी विमा रकम लिइरहेकाहरुमध्ये अधिकांशको २६ हप्ताको अवधि समाप्त भएपछि महामारी आपतकालिन बेरोजगारी क्षतिपूर्ति पीईयुसीको १३ हप्ते अवधि सुरु भएको छ । परम्परागत बेरोजगारी विमा रकम लिइरहेकाहरुले २६ हप्तासम्ममात्र लिन पाउने नियम भएपनि महामारीका कारण महामारी आपतकालिन बेरोजगारी क्षतिपूर्ति पीईयुसी अन्तरगत १३ हप्ता थपिएको हो ।

महामारी आपतकालिन बेरोजगारी क्षतिपूर्ति पीईयुसी अन्तरगत १३ हप्ता समाप्त भएपछि अरु २० हप्ताका लागि एक्सटेण्डेड बेनिफिट ईबी प्राप्त गर्न सकिनेछ । तर परम्परागत बेरोजगारी विमा रकमको साटो महामारी बेरोजगारी सहायता पीयुए पाइरहेकाहरुको भने त्यसको अवधि स्वत ४६ हप्तासम्म पाउनसकिने गरी थपिएको छ ।

परम्परागत बेरोजगारी विमा रकम लिइरहेकाहरुले पुरानो २६ हप्ताको अवधि सकिने अन्तिमसातामा केही ४ दिनभन्दा कम दिनहरुमात्रै बाँकी रहेको खण्डमा उनीहरुले उक्त अन्तिम सातामा विगतको तुलनामा कम रकम पाउनेछन् । तर अर्कोसाता महामारी आपतकालिन बेरोजगारी क्षतिपूर्ति पीईयुसीको अवधि सुरु हुनासाथ उनीहरुले पहिलेकै साताहरुमा पाएकै रकम प्राप्त गर्नेछन् ।

तर २६ हप्ते परम्परागत बेरोजगारी विमाको अन्तिम सातामा २ दिनमात्र बाँकी रहेको खण्डमा २ दिनकोमात्र रकम पाएकाहरुले १३ हप्ते पीईयुसीको अवधि सुरु भएपछि पनि बाँकी २ दिनको रकम भने प्राप्त नगर्ने न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । १३ हप्ते पीईयुसी र त्यसपछिको २० हप्ते ईबी कार्यक्रम संसदबाट पारित केयर्स एक्टले बनाएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पम्परागत बेरोजगारी विमा रकम पाइरहेकाहरुले यसरी ५९ हप्तासम्म रकम पाउनसक्ने भएतापनि पीयुए पाइरहेकाहरुले भने कुल ४६ हप्तासम्ममात्र रकम पाउनेछन् । अर्थात् कसैले मार्चको मध्यदेखि पीयुए पाउन सुरु गरेको छ भने उसले आगामी जनवरीको अन्त्यसम्मात्र पीयुए रकम पाउन सक्नेछ । पीयुएको ४६ हप्ता सकिएपछि भने अहिलेका लागि अरु अवधि थपिएको छैन ।

थपिएको अवधिको साप्ताहिक प्रमाणिकरण गर्दा पहिलेको भन्दा कुनै फरक छैन । पहिले जसरी गरिदै आएको छ, त्यसरी नै साप्ताहिक प्रमाणिकरण गर्न सकिनेछ । तपाईको २६ हप्ताको अवधि सकिएर तपाईको रकम बाँकी दिनमा शुन्य लेखेको छ भने पनि चिन्ता नगर्नुहोला, नियमित साप्ताहिक प्रमाणिकरण गरेपछि तपाईले रकम पाउनुहुनेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com