५३ बर्ष अमेरिकामा बसेर पनि नेपाली भएरै बिते सुरुमा अमेरिका आउनेमध्येका सुखदेव शाह


प्रकाशित मिति : आश्विन २६, २०७७ सोमबार

अमेरिका निवासी धनुषाका सुखदेव शाहको ७८ बर्षको उमेरमा आइतबार साँझ निधन भएको छ । झण्डै ५३ बर्ष अमेरिकामा बसेर पनि अमेरिकी नागरिकता नलिएका शाहको हृदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ । आफ्नै निवास भर्जिनियामा पत्नीका साथ बस्दै आएका शाहको निधन निवासमै शान्तिपूर्ण तरिकाले भएको पारिवारिक श्रोतले जनाएको छ ।

शाह सन् १९६७ मा पानीजहाज चढेर अमेरिका आएका थिए । जतिबेला अमेरिकाभरमा नै नेपालीहरुको संख्या औंलामा गन्नसकिने थियो । उनी २५ बर्षको उमेरमा अमेरिका आएका हुन् । ५३ बर्ष अमेरिकामा विताउने क्रममा उनी नेपाली पासपोर्टमा नै यात्रा गर्ने गर्थे, अमेरिकी पासपोर्ट समेत लिएनन् ।

खसोखाससँगको कुराकानी केही अगाडि उनले भनेका थिए -‘मलाई नेपाली हुनुमा नै गर्व छ । नेपाली नागरिक भएरै बाँच्न चाहन्छु ।’

सुखदेव शाह र उनकी पत्नीका साथमा खसोखासका प्रधानसम्पादक किशोर पन्थी केही पहिले ।

उहाँको निधनबाट एकजना अभिभावक, सामाजिक नेता, बरिष्ठ शैक्षिक र राजनीतिक व्यक्तित्वलाई गुमाएको ग्लोबल मधेसी एसोसिएसनका अध्यक्ष डाक्टर विनोद शाहले बताए । सुखदेव शाहको निधनबाट आफू स्तब्ध भएको बताउँदै आत्माको चीर शान्तिको कामना गर्नुका साथै श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बीपी कोइराला वासिंटन डिसीमा आँखाको उपचारका लागि आउँदा शाहले १० हजार अमेरिकी डलर सहयोग समेत गरेका थिए । शाह बरिष्ठ अर्थशास्त्री, सामाजिक व्यक्तित्व थिए भने २०४६ सालको जनआन्दोलनमा प्रवासबाट निकै महत्वपूर्ण भूमिका समेत खेलेका थिए ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति तथा नेपाली काँग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य आनन्द बिष्टले शाहको निधनप्रति दुख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन् ।

प्रवासी नेपाली एकता मञ्च अमेरिकाको संगठन विस्तारका लागि संवाद सहमति र सहकार्यको निम्ती गठित कार्यदलका संयोजक राधाकृष्ण देउजाले शाहको निधनप्रति दुख व्यक्त गर्दै भनेका छन् – ‘अत्यन्त राम्रो आम्दानी हुने जागिर खाएर दशकौँ अमेरिकामा रहँदा पनि नेपाली नागरिकता नत्याग्ने सुखदेव शाहको देहान्त भएको छ । दुखको यस घडीमा शोक सन्तप्त स्वर्गीय शाहको परिवार प्रति हार्दिक समवेदना र मृतक शाह प्रति श्रदान्जली अर्पण गर्दै गर्दा प्रवासमा बसेर नेपालको राजनीतिमा आफ्नो औकात खोज्ने हैन बरु त्यहाँको राजनीति सुधार गर्न लागेकाहरुलाइ सकेको सहयोग गर्नुपर्ने उहाँको शिक्षा सबैले ग्रहण गर्नुपर्छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com