कोरोना महामारीलाई झेलेको न्युयोर्कका दृश्यहरु रोजनको भिडियो ब्लगमा (भिडियो)
प्रकाशित मिति : आश्विन २३, २०७७ शुक्रबार
मार्चमा अमेरिकामा कोरोनाको महामारी फैलिएपछि न्युयोर्क कोरोनाको इपीसेन्टर बन्यो । झण्डै ४ महिना न्युयोर्कले कोरोनाको त्रासदी झेलेपछि विस्तारै कोरोनाको महामारी कम हुँदै गएको हो ।
कोरोना महामारीका कारण न्युयोर्क निकै बदलिएको छ । कहिले पनि नसुत्ने न्युयोर्क सिटी अझै पनि पूरै ब्यूझिएको छैन । कैयन विजनेशहरु सधैका लागि बन्द भएका छन् । दैनिक लाखौंको भींडभाड हुने टाइम्स स्क्वायरमा अहिले हजारको संख्यामा पनि मान्छे भेट्न मुस्किल हुन्छ ।
कोरोना महामारीपछिको न्युयोर्कलाई भिडियो ब्लगर रोजन श्रेष्ठले भिडियो ब्लगका रुपमा भिडियोमा उतारेका छन् । न्युयोर्कको सेन्ट्रल पार्कदेखि टाइम्स स्क्वायरसम्मका दृश्यहरु हेर्नहोस् ।