अमेरिकामा ५० हजारभन्दा कम पीपीपी ऋण मिनाहा गर्ने सरल प्रकृया घोषणा, यसरी दिनुहोस् आवेदन


प्रकाशित मिति : आश्विन २३, २०७७ शुक्रबार

अमेरिकामा एसबीएले ट्रेजरी विभागसँगको सल्लाहमा ५० हजारभन्दा कम पीपीपी विजनेश ऋण मिनाहा गर्ने सरल प्रकृयाको घोषणा गरेको छ । यो कदमले ५० हजारभन्दा कम पेचेक प्रोटेक्सन ऋण लिएका विजनेशहरुका लागि मिनाहाका लागि व्यवस्थीत प्रकृयाको व्यवस्था गरेको छ ।

पीपीपी कार्यक्रमले ५२५ बिलियन डलर अमेरिकाका साना विजनेशहरुलाई प्रदान गरिसकेको छ । बिहिबार घोषणा गरिएको प्रकृयापछि अब ५० हजार डलर वा त्यो भन्दा कम ऋण लिएका विजनेशहरुलाई सरल तरिकाले मिनाहा हुने ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिनले जनाएका छन् । तर जालसाजी पनि रोक्नुपर्ने भएकाले त्यसलाई मध्यनजर गरेर सकेजति साधारण प्रकृया अपनाइएको उनले बताएका छन् ।

एसबीएले ऋण मिनाहाका आवेदनहरु स्वीकृत गर्न सुरु गरिसकेको छ । अक्टोबर २ देखि ऋण मिनाहा सुरु गरिसकेको एसबीएले जनाएको छ । एसीबएले ऋण मिनाहाको कार्यक्रम तीब्र गतिमा अगाडि बढाउने बताएको छ । अमेरिकामा कोरोनाको महामारीका कारण साना विजनेहरुले कामदारलाई पारिश्रमिक दिन नसक्ने अवस्था हुँदा अमेरिकी सरकारले यो ऋणको व्यवस्था गरेको छ ।

साधारण ऋण मिनाहा आवेदन जम्मा २ पेजको मात्र रहेको छ । जसमा विजनेशको नाम, ठेगाना, ट्याक्स आईडी, पीपीपी ऋण नम्बर, ऋण रकम, लेण्डरको पीपीपी ऋण नम्बर, ऋण पाएको मिति, आवेदन दिने बेलाको कामदार संख्या, ऋण मिनाहा हुने बेलाको कामदार संख्या, ईआईडीएल एड्भान्स रकम, ईआईडील आवेदन नम्बर, मिनाहा रकम लगायतका विवरणहरु भरे पुग्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

५० हजार भन्दा कम ऋण लिएकाहरुको ऋण मिनाहाका लागि सहज प्रकृयाबारे अन्तरिम अन्तिम नियम यहाँ पढ्न सक्नुहुनेछ ।

साधारण ऋण मिनाहा आवेदन हेर्न यहाँ क्लीक गर्नुहोला ।

साधारण ऋण मिनाहा आवेदन कसरी दिने भन्नेबारे अन्यौलमा हुनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com