सन् २०२१ मा भारतीय अर्थतन्त्र ९.६ प्रतिशत खुम्चिन्छ – विश्व बैंक


प्रकाशित मिति : आश्विन २२, २०७७ बिहीबार

कोरोनाभाइरस महामारीका कारण चालू आर्थिक वर्ष सन् २०२०–२१ मा भारतको अर्थतन्त्र ९.६ प्रतिशतले खुम्चिने विश्व बैंकले जनाएको छ । दक्षिण एसियामा भारतको अर्थतन्त्र सबैभन्दा ठूलो छ ।

कोरोनाभाइरसको असर बाँकी नै रहेका कारण दक्षिण एसियाली अर्थतन्त्रमा सर्वाधिक असर पर्ने पनि बैंकले जनाएको छ । खासगरी अनौपचारिक क्षेत्रमा कार्यरत ठूलो संख्याका कामदारहरुले रोजगारी गुमाउने र लाखौं मानिस गरिबीको दुश्चक्रमा पर्ने बैंकको भनाई छ ।

विगत पाँच वर्षदेखि वार्षिक ६ प्रतिशतको आर्थिक वृद्धिदर रहेको दक्षिण एसियाको अर्थतन्त्र कोरोना भाइरसका कारण यसअघि ७.७ प्रतिशत खुम्चने अनुमान गरिएको थियो ।

क्षेत्रीय वृद्धि सन् २०२१ मा ४.५ प्रतिशतले हुने प्रक्षेपण गरिएको छ । तर कोभिड–१९ ले पु–याएको क्षतिलाई ४.५ प्रतिशतको आर्थिक वृद्धिले सम्बोधन गर्न निकै कठिन हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विगतका आर्थिक मन्दीमा पनि लगानी र निर्यातमा हुने गरेका कमीले अर्थतन्त्रमा संकट निम्त्याउने गरेका थिए । यस पटक भने परिस्थिति भिन्न छ । वैयक्तिक उपभोग्य सूचकांकमा पनि १० प्रतिशतभन्दा बढीले कमी आउने देखिएको छ ।

केही मुलुकमा विप्रेषणको आयमा पनि कमी आउने र त्यसबाट जीविकोपार्जनमा समस्या उत्पन्न हुनेछ ।

विश्व बैंकका लागि दक्षिण एसियाली उपाध्यक्ष हार्टवीजले कोभिड–१९ का कारण संकटमा परेको दक्षिण एसियाको अर्थतन्त्रका कारण साना व्यवसाय र अनौपचारिक क्षेत्रका कामदारमाथि ठूलो समस्या खडा भएको बताए । उनले रोजगारी गुम्ने र आम्दानी घट्ने समस्याबाट आम मजदूरहरु पीडित हुने पनि बताए ।

श्री हार्टवीजले सरकारले आफूसँग रहेको सीमित स्रोत साधनलाई बुद्धिमत्तापूर्वक उपयोग गर्नुपर्नेमा जोड दिए ।

दक्षिण एसियाका कूल मजदूरमध्ये खासगरी पर्यटन, खुद्रा व्यापार र यातायात क्षेत्रका मजदूर सबैभन्दा ठूलो समस्यामा रहेका अध्ययनले देखाएको छ । गरिबीमा पिल्सिएका जनताले खाद्यान्नको बढ्दो मूल्यको सामना गर्नु परेको छ ।

सानो संख्याका अनौपचारिक क्षेत्रमा संलग्न व्यक्तिहरुले मात्र सामाजिक बीमामा पहुँच बनाएका छन् वा उनीहरुसँग सानोतिनो बचत रकम रहेको वा वित्तीय संस्थासँग पहुँच छ । विश्व बैंकको प्रतिवेदनमा सरकारहरुले सबैलाई सामाजिक सुरक्षा उपलब्ध गराउन आग्रह गरिएको छ । साथै अधिकाधिक उत्पादकत्व, सीप विकास र मानव पुँजी निर्माणमा सरकारहरुले ध्यान दिनु पर्नेमा जोड दिइएको छ ।

आर्थिक पुनरुत्थानलाई गति दिन सरकारहरुले अन्तर्राष्ट्रिय र स्वदेशी लगानी जुटाउनु पर्ने बैंकको भनाई छ ।

दिर्घकालीन रुपमा डिजिटल प्रविधिले अनौपचारिक क्षेत्रका कामदारका लागि नयाँ अवसर सिर्जना गर्न मद्दत गर्ने, दक्षिण एसियालाई बढी प्रतिस्पर्धी बनाउने तथा बजारसँग बढी अन्तरसम्बन्धित बनाउने पनि बैंकको अनुमान छ । एएनआई

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com