प्रदेश ५ को स्थायी राजधानी दाङको ‘भालुवाङ’, नाम- ‘लुम्बिनी’


प्रकाशित मिति : आश्विन २०, २०७७ मंगलबार

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाईले पास भएको छ । प्रदेश ५ प्रदेशसभाको मंगलबार बसेको छैठौं अधिवेशन तथा ३२ औं बैठकमा प्रदेश ५ सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून् मन्त्री कुलप्रसाद केसीले संसदमा पेश गरेको प्रस्ताव दुई तिहाईले स्वीकृत भएपछि स्थायी राजधानी भालुवाङ भएको हो ।

गत शुक्रबार मन्त्री केसीले संसदमा पेश गरेको प्रस्तावमा ३ वटा संसोधनको प्रस्ताव पेशभएको थियो । संसदमा मंगलबार भएको मतदानमा ६९ जना सांसदहरुले मन्त्री केसीको प्रस्तावको पक्षमा तथा १३ जना सांसदले विपक्षमा मतदान गरेका थिए ।

नाम : लुम्बिनी

यस्तै प्रदेश ५ को नाम लुम्बिनी भएको छ । प्रदेश ५ प्रदेशसभा बैठकमा प्रदेश ५ सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून् मन्त्री कुलप्रसाद केसीले संसदमा पेश गरेको प्रस्ताव दुई तिहाईले स्वीकृत भएपछि प्रदेशको नाम लुम्बिनी भएको हो । गत शुक्रबार मन्त्री केसीले संसदमा पेश गरेको प्रस्तावमा एक संसोधनको प्रस्ताव पेश भएको थियो ।

संसदमा मंगलबार भएको मतदानमा ७९ जना सांसदहरुले मन्त्री केसीको प्रस्तावको पक्षमा तथा ४ जना सांसदले विपक्षमा मतदान गरेका थिए । ८७ जना सांसदहरु मध्ये ८२ जना सांसदहरु बैठकमा उपस्थित थिए ।

नेकपा रुपन्देहीका २ हजार बढी सदस्यले पार्टी छाडे

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीका २ हजार बढी व्यवसायीहरुले पार्टीबाट राजिनामा दिएका छन् ।

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी सार्ने प्रस्तावमा रुपन्देहीबाट निर्वाचित सांसदहरुले दाङको पक्षमा समर्थन जनाएर जनभावना विपरीत गएकाले पार्टी नेतृत्वलाई राजिनामा बुझाउने निर्णय गरेका हुन् ।

राजिनामा दिनेहरुमा पार्टिको केन्द्रिय बिभागका सदस्यहरु समेत छन् । यस क्षेत्रमा रहेका तिनहजार हाराहारी पार्टि सदस्य भएका व्यवसायीहरुले नेकपा नेतृत्वको सरकार र पार्टि अध्यक्ष समेतले ह्विप जारी गरेर बुटवलमा रहेको राजधानीलाई अन्यत्र सार्ने निर्णय गरेकोले उक्त पार्टीमा रहन नसक्ने जनाएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com