कानूनमन्त्रीले रोष्ट्रमबाटै- ‘घिसारेर निकालिहाल’ भनेपछि…


प्रकाशित मिति : आश्विन १९, २०७७ सोमबार

प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले केसीले प्रदेश सभाको बैठकमै प्रदेशसभा सदस्यलाई ‘घिसारेर निकालीहाल’ आदेश दिएका छन् । प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङ्गको भालुवाङ्गको विषयमा छलफलको लागि सोमबार बसेको प्रदेशसभाको बैठकमा केसीले असन्तुष्टि जनाउने सांसदहरुलाई घिसारेर बाहिर निकाल भन्दै आदेश दिएका हुन् ।

प्रदेशसभामा नाराबाजी चलिरहेका बेला बोल्दै केसीले सुरक्षाका लागि आफु अगाडी उभिएका मर्यादापालकलाई हातले कोट्याएर इसारा गर्दै भने– ‘घिसारेर निकाली हाल, निकाली हाल’ । कानून पालना गराउने उच्च निकायका प्रतिनिधि मन्त्रीले नै संसदमा असभ्य भाषा प्रयोग गरेपछि सामाजिक सञ्जालहरुमा समेत यो विषयले चर्चा पाएको छ ।

प्रदेशको स्थायी राजधानी भालुवाङ्ग नभई बुटवलनै कायम गर्नुपर्छ भन्ने सांसदहरुले असन्तुष्टि जनाउने क्रममा प्रतिपक्ष लगाएत केही सत्तापक्षले विरोध गरेका थिए ।

बैठकमै कुर्सी तोडफोड
प्रदेश ५ को राजधानी दाङ लैजाने प्रस्तावको बिरुद्धमा आन्दोलित कांग्रेसले संसद बैठक अबरुद्ध गर्दै कुर्सी तोडफोड गरेको छ । सभामुखले विरोधका बीच बैठक चलाएको भन्दै सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्सी तोडफोड गरेका हुन् ।

प्रदेश सभा बैठक स्थगित
प्रदेश ५ को प्रदेशसभा बैठक मँगलबार १२ बजे बस्नेगरी स्थगित भएको छ । बैठकमै नेपाली कांग्रेस लगायतका अन्य दलहरुले संसदमा नाराबाजी गर्दै कुर्ची टेबल समेत तोडफोड गरेपछि बैठक स्थगित भएको हो ।

प्रदेशको नाम तथा स्थायी राजधानीको प्रस्ताव माथी छलफल गर्ने कार्यसूची रहेको आजको बैठक दिउसो १ बजे सुरु भई स्थगित भएर पुन सञ्चालन भएको थियो । बैठक अवधिभर नाराबाजी तथा कुर्सी तोडफोडमा लागेका विपक्ष दलका सांसदहरुले गलत प्रक्रियाबाट संसदमा प्रस्ताव ल्याइएको बताउँदै कडा विरोध प्रदर्शन गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com