‘अब आफैँ नाम लेख्न सक्छु’


प्रकाशित मिति : आश्विन १८, २०७७ आईतबार

तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा बस्दै आएकी विमला भट्टराईलाई आफ्नो नाम लेख्न आउदैँनथ्यो । हालसम्म किताब नछुएकी उनले नाम लेख्नु त परको कुरा, अक्षर चिन्न पनि मुस्किल थियो । पैसट्ठी वर्षीया भट्टराईले सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा जाँदा औँठाछाप लगाउँथिन् ।

तर अब उनलाई बैङ्कमा गएर औँठाछाप लगाउनुपर्दैन, उनले प्रष्टसँग आफ्नो नाम लेख्न सक्ने भएकी छिन्। “अब त बैङ्कमा जाँदा औँठाछाप होइन, आफ्नै नाम लेख्ने हो”, उनले भनिन्, “आफ्नो नाम आफैँले लेख्न सक्ने हुँदा साह्रै खुशी लागेको छ ।”

रोटर्याक्ट क्लव अफ वेदव्यास र इनरह्विल क्लब अफ दमौलीले ज्येष्ठ नागरिक आमाहरुलाई लक्षित गरी सञ्चालन गरेको साक्षरता अभियानमार्फत उनले आफैँले नाम लेख्न सक्ने भएकी छिन् । “सिकाइको उमेर हुँदैन” भन्ने नारा सहित क्लबले यही असोज ६ गतेदेखि आश्रममै साक्षरता अभियान सञ्चालन गरेको थियो । क्लबले सञ्चालन गरेको उक्त अभियानमार्फत १० जना प्रशिक्षित भएका छन्।

रोटर्याक्ट क्लब अफ वेदव्यासकी अध्यक्ष सन्जु घलेले साक्षरता अभियानमा सहभागी कतिपय आमाहरुले नेपालीमा नाम लेख्न पहिल्यै जानेको भए पनि अङ्ग्रेजीमा पनि लेख्न सक्ने भएको जानकारी दिइन् । “अधिकांशले पहिलो पटक आफैँले नाम लेख्न सक्ने हुनुभएको छ, केहीले पनि अङ्ग्रेजीमा पनि नाम लेख्न सिक्नुभयो”, घलेले भनिन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

व्यास –५ कै आमाहरुलाई लक्षित गरी सञ्चालन गरिएको उक्त अभियानमा आश्रमका दुई जना र अन्य आठ जना सहभागी भए । स्थानीय मिठु केसी, हरिमाया थापा, मनमाया श्रेष्ठ, नमून थापा लगायतले बुढ्यौली उमेरमा केही दिन भए पनि पढ्न पाउँदा खुशी लागेको बताए।

क्लबकी अध्यक्ष घलेका अनुसार साक्षरताको अभियानको पहिलो भाग समापन भएको र पुनः यस्तै कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् । यस अभियानका क्रममा दैनिक दिउँसो ४ बजेदेखि ५ः३० बजेसम्म कक्षा सञ्चालन गरिएको थियो । क्लबकै सदस्यहरुले आमाहरुलाई अक्षर चिनाउन सहजीकरण गर्नुभएको थियो ।  वेदव्यास ज्येष्ठ नागरिक आश्रमकी सचिव निर्मला मल्लले बुढ्यौली उमेरमा पहिलो पटक अक्षर चिन्न पाउँदा महिलाहरु खुशी भएको जानकारी दिइन्। रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com