कोरोना कहरः १५३ वर्षमा रोकियो रामलीला मञ्चन


प्रकाशित मिति : आश्विन १६, २०७७ शुक्रबार

नेपालगञ्जको रामलीला मैदानमा १५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला मञ्चन यो वर्ष नहुने भएको छ । विजयादशमीका अवसरमा मञ्चन हुने नेपालगञ्जको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चन यो वर्ष कोरोना महामारीका कारण पहिलोपटक स्थगित गर्नुपरेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनौडियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना भाइरस महामारीको जोखिम र स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै यसपटकको सो मञ्चन नगर्ने निर्णय भएको हो । एक सय ५३ औँ वर्ष प्रवेश गरेको ऐतिहासिक तथा सांस्कृतिक महत्वको उक्त मञ्चनलाई यसपटक कोरोना महामारीका कारण सार्वजनिक रुपमा नमनाइए पनि प्रतिकात्मकस्वरुप सोही स्थानमा पूजापाठ गरिने छ ।

नेपालगञ्ज उपमहानगरपालिका–९ स्थित रामलीला मैदानमा हरेक वर्ष घटस्थापनादेखि विजयादशमीसम्म ऐतिहासिक तथा सांस्कृतिक महत्वको यो पर्व भब्य रुपमा मनाउने गरिन्थ्यो । रामलीलामा भारत तथा नेपालका कलाकारले मञ्चन गर्दै आएका थिए । यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको सञ्चालक समितिका अध्यक्ष कनोडियाको भनाइ छ ।

कार्यक्रम स्थगित गरिए पनि अहिलेको विषम परिस्थितिमा अन्य कार्यक्रमका स्वरुप र सञ्चालन प्रक्रियाबारे राय प्रस्तुत गर्न विष्णुलाल कुमालको संयोजकत्वमा कार्यदल गठन गरेको छ । यसको एउटा महत्वपूर्ण अङ्ग श्रीराम चरित्र वाचन गरिने भएको छ । नौ दिनसम्म वाचन गरेपछि दशौँदिन हवन गरेर प्रतिकात्मक कार्य सम्पन्न गर्ने गरी कार्यक्रम तय भएको कार्यक्रमस्वरुप र सञ्चालन प्रक्रियाबारे राय प्रस्तुत गर्न गठित कार्यदलका संयोजक कुमालले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रामायणमा आधारित लीला प्रत्येक दिन राति ८ बजेदेखि रामको राज्याभिषेक गरुञ्जेलसम्म जारी रहन्थ्यो । भारतको वृन्दावनबाट आउने कलाकारको टोलीले रामलीला मञ्चन गर्ने परम्परा रहेको थियो । रामलीलाले धार्मिक र सांस्कृतिक सन्देशसँगै आपसी एकता तथा भ्रातृत्व भावमा मद्दत पु¥याउँदै आएको विश्वास गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले नयाँ पिँढीका युवालाई पनि धेरै पाठ सिकाउन सफल भएको बताउनुभयो ।

यो वर्ष नभएपनि पुर्खाले जोगाउँदै आएको रामलिलालाई अहिलेको पुस्ताले निरन्तरता दिएर जोगाउन आवश्यक रहेको सञ्चालक समिति सदस्य एवं नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले उल्लेख गर्नुभयो । सन् १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदै आएको यो कला नेपालीभन्दा बढी सीमावर्ती भारतीयबीच लोकप्रिय छ । विगतमा भारतको उत्तरप्रदेशबाट समेत हजारौँ श्रद्धालु रामलीला दर्शनका लागि आउने गरेको वैश्यले स्मरण गर्नुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com