सानो गल्ती लुकाउनेको समेत नागरिकता खोस्ने पक्षमा अमेरिकी ट्रम्प सरकार


प्रकाशित मिति : बैशाख १७, २०७४ आईतबार

एकपटक प्राप्त गरिसकेको अमेरिकी नागरिकता विभिन्न बहानामा खोस्न सक्ने ट्रम्प सरकारको कठोर नीतिबारे बहस भइरहदा अमेरिकी नागरिकता प्राप्त गरिसकेकाहरु पनि शशंकित हुन थालेका छन् । ट्रम्प सरकारका वकिलले सर्वोच्च अदालतमा भएको बहसमा अमेरिकाको नागरिकता पछि लिएकाहरुको सन्दर्भमा सरकारले सानो कारणमा समेत नागरिकता समेत खोसेर देशनिकाला गर्नसक्ने तर्क पेश गरेका हुन् ।

सानोतिनो गल्ती गरेको कुरा प्रमाणित भएमा समेत प्राप्त गरिसकेको अमेरिकी नागरिकता समेत खोसेर व्यक्तिलाई देशनिकाला गर्नसक्ने कुराको पक्षमा अमेरिकी सरकारको न्याय मन्त्रालयका वकिल रोबर्ट पार्करले सर्वोच्च अदालतमा तर्क पेश गरेका थिए ।

यदि अमेरिकी नागरिकता प्राप्त गरेको व्यक्तिले सानोतिनो गल्तीबारे झुठो बोलेको कुरा कुनै पनि बेला प्रमाणित भएमा उसको नागरिकता खोसेर सरकारले देशनिकाला गर्न सक्ने अमेरिकी सरकारको न्याय मन्त्रालयका सरकारी वकिलले बुधबार उच्च अदालतमा बताएका थिए । झूठो विवरण पेश गरिएको भन्दै एकजना महिलाको नागरिकता खारेज गर्ने सरकारी निर्णयको पक्षमा तर्क गर्दै उनले यस्तो बताएका थिए ।

बहसका क्रममा प्रधानन्यायाधिस एवं अन्य न्यायाधिसहरु सरकारलाई यस्तो प्रकारको निरंकुश अधिकार दिन नहुने पक्षमा देखिएका थिए । प्रधानन्यायाधिस जोन रोबर्टसले तर्क पेश गर्ने क्रममा सरकारी अधिकारलाई सिमित गराउने प्रयास गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानन्यायाधिस जोन रोबर्टस्ले भने – “केही समय अगाडि मैले ५५ माइल प्रतिघण्टा भन्दा धेरै गाडी कुँदाउन नपाइने स्थानमा ६० माइल प्रति घण्टाका दरले गाडी गुडाएको थिएँ । तर त्यतीमेला म पक्राउ परिन । अमेरिकी नागरिकता लिन चाहने व्यक्तिले भर्ने फर्मममा आवेदकले आफूले गरेको सानोतिनो विवरणबारे पनि उल्लेख गर्नुपर्छ चाहे त्यो पक्राउ नै नपर्ने खालको सानो किन नहोस् ।”

“यदि मैले अमेरिकी नागरिकताको लागि आवेदन दिने क्रममा फर्ममा उल्लेखित प्रश्नमा त्यो विवरण उल्लेख नगरेमा मैले नागरिकता प्राप्त गरेको २० बर्षपछि कोही मेरो ढोका ढक्ढकाउदै ‘तिमी अमेरिकी नागरिक होइनौ’ भन्न सक्छ । – ” प्रधान न्यायाधिस रोबर्टस्ले भने ।

न्याय मन्त्रालयका सरकारी वकिल रोबर्ट ए पार्करले नागरिकताका लागि आवेदन दिने क्रममा त्यस्ता सानातिना अपराधका घटना पनि सार्वजनिक गर्नै पर्ने बताएपछि प्रधानन्यायाधिसले कसैले त्यस्तो उल्लेख नगरेमा नागरिकता नै खारेज गर्ने भनेर प्रश्न गरेका थिए ।

जवाफमा सरकारी वकिल पछाडि हटेनन् । बरु उनले भने – “अवश्य पनि । यदि कसैले प्रश्नको गलत जवाफ दिएको प्रमाणित भएमा उसको नागरिकता खोस्नुपर्छ ।”

नागरिकता खोसिएकी डिभ्ना मास्लेन्ज्याकको विषयमा भएको तर्कमा सरकारी वकिल पार्करले सानोतिनो कुरामा समेत झूठो बोलेको व्यक्तिको नागरिकता खारेज गर्नसक्ने कुरामा अडान लिइरहदा न्यायाधिसहरु स्तब्ध भएका थिए । ५३ बर्षीया डिभ्ना सन् २००० मा शरणार्थीका रुपमा अमेरिका आएकी थिइन् भने उनले सातबर्षपछि अमेरिकाको नागरिकता लिएकी थिइन् ।

उनले नागरिकताको लागि आवेदन दिंदा उनका पतिले बोसनियाको सर्व सेनामा काम गरेको विवरण उल्लेख गरेकी थिइनन् । यो कुरा थाहा पाएपछि अमेरिकी सरकारका अध्यागमनका अधिकारीहरुले उनको नागरिकता खारेज गरेर केहीमहिना अगाडि अमेरिकाबाट देशनिकाला गरेका थिए । उनी ओबामा प्रशासनको पालामा देशनिकाला भएकी थिइन् ।

न्यायाधिस एन्थोनी केनेडीले वकिल पार्करको भनाईबारे भने यस्तो तर्कले अमेरिकी नागरिकताको अमूल्य मान्यतालाई कमजोर बनाउँछ ।

प्रधानन्यायाधिस रोबटर्सले भने यदि सरकारले बढी गतिमा गाडी चलाएको कुरा उल्लेख नगरेको वा बाल्यकालको नाम सार्वजनिक नगरेको अभियोगमा कुनै व्यक्तिको नागरिकता खारेज गर्न सक्ने अडान राख्ने हो भने सरकारले चाहेमा अमेरिकामा जो सुकैको नागरिकता पनि खारेज गर्नसक्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com