बहस बाइडेनले जितेको ६० प्रतिशतको धारणा


प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार

अमेरिकी राष्ट्रपतिका उम्मेदबार डोनाल्ड ट्रम्प र जो बाइडेनबीचको बहस हेरेकाहरुबीचमा गरिएको एउटा सर्वेक्षणमा ६० प्रतिशतले बहस बाइडेनले जितेको धारणा व्यक्त गरेका छन् । २८ प्रतिशतलेमात्र डोनाल्ड ट्रम्पले बहस जितेको बताएका छन् । उक्त सर्वेक्षण सीएनएनले गरेको हो ।

सन् २०१६ को हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पबीचको पहिलो बहसमा पनि ६२ प्रतिशतले हिलारीले बहस जितेको बताएका थिए भने २७ प्रतिशतले ट्रम्पले जितेको बताएका थिए ।

मंगलबारको बहसमा ६५ प्रतिशतले बाइडेनको जवाफ ट्रम्पको भन्दा सत्य भएको बताएका छन् भने २९ प्रतिशतले ट्रम्पको जवाफ सत्य भएको बताएका छन् । ६९ प्रतिशतले ट्रम्पमाथि बाइडेनको आक्रमणको पक्ष लिएका छन् भने ३२ प्रतिशतले बाइडेनमाथि ट्रम्पको आक्रमणको पक्ष लिएका छन् ।

डोनाल्ड ट्रम्प र जो बाइडेनबीचको पहिलो बहसमा ट्रम्प र बाइडेनका रेकर्डहरु, सर्वोच्च अदालत, कोरोना महामारी, अर्थशास्त्र, चुनावको अखण्डता, विभेद र हिंशाका घटनाहरुमा छलफल भएको थियो । यी ६ वटा शीर्षकमध्ये हरेक शीर्षकमा बहसका लागि १५ मिनेट समेत तोकिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी अर्थव्यवस्थालाई कोरोना महामारी र लकडाउनपछि कसरी लयमा फर्काउन सकिन्छ भन्नेबारे ट्रम्पले लकडाउनपछि पछि अमेरिकी अर्थव्यवस्था अपेक्षित भन्दा द्रुत मार्गमा रहेको बताउँदै आफू अमेरिकी इतिहासको सर्वश्रेष्ठ अर्थव्यवस्था निर्माण गरेको दावी गरेका थिए ।

बहसको बेलामा ट्रम्पले तिरेको करको विषय पनि आएको थियो । ट्रम्पले ७५० डलरमात्र कर तिरेको न्युयोर्क टाइम्सको रिपोर्टको प्रसंगमा ट्रम्पले आफूले लाखौं डलर ट्याक्स तिरेको दावी गरेका थिए । एकबर्ष ३८ मिलियन डलर र अर्को बर्ष २७ मिलियन डलर ट्याक्स तिरेको ट्रम्पले गरेका थिए ।

जातीय विभेदको प्रसंगमा ट्रम्पले ओबामा बाइडेन प्रशासनका पालमा अमोरिकामा जातीय विभेद हुने गरेको तथा जातीय विभेद सम्बन्धि हिंशाहरु हुने गरेको बरु अहिले त्यस्ता घटना कम भएको बताएका थिए ।

बाइडेनले ट्रम्प प्रशासनका पालामा अमेरिकामा कानून व्यवस्था बिग्रिएको बताएका थिए ।

अमेरिकनले तपाईलाई किन भोट हाल्ने रु भन्ने प्रश्नमा ट्रम्पले भने ( ुहाम्रो सरकार सबै भन्दा राम्रो प्रशासनिक सरकार हो। कोरोना आउनु अघि हामी विकासको पथमा थियौं, जसमा धक्का लागेको छ ।ु

अमेरिकनले तपाईलाई किन भोट हाल्ने रु भन्ने प्रश्नमा बाइडेनले भने ( ुअमेरिका ट्रम्पको शासनअन्तर्गत अझ बढी कमजोर र गरीब हुनेछ। ट्रम्पको शासनमा धनी अझ धनी हुनेगर्छ भने गरिबहरू बढी गरीब हुन्छन्।ु

कोरोना महामारीको बारेमा सोध्दा डोनाल्ड ट्रम्पले आफ्नो ठाउँमा बाइडेन भएको भए अमेरिकामा अझ धेरैको मृत्यु हुने दावी गरेका थिए । जवाफमा बाइडेनले ट्रम्पसँग महामारीसँग लड्ने कुनै योजना नभएको भन्दै आलोचना गरेका थिए । अमेरिकामा कोरोना संक्रमणबाट २ लाखको मृत्यु र ७० लाखबढी संक्रमित भएको अवस्थामा कोरोनाको विषयले बहसमा प्राथमिकता पाएको थियो ।

बाइडेनले कोरोना भाइरस महामारीको सामना गर्न ट्रम्प प्रशासन कामयावी नभएको भन्दै आलोचना गरेका थिए । ट्रम्पले महामारीको सामना गर्न सरकारले राम्रो काम गरेको दावी गरेका थिए । सरकारले कोरोना भाइरस विरूद्ध लड्न मास्क, पीपीई र औषधि ल्याएको तथा कोरोना भ्याक्सिन बनाउन केही हप्ता मात्र बाँकी रहेको ट्रम्पले बताएका थिए ।

भारत, चीन र रुसले कोरोनाबाट भएको मृत्यु तथ्यांक लुकाएको ट्रम्पले दावी गरेका थिए । ट्रम्प र बाइडेनले मास्कदेखि खोपहरू र सामाजिक दूरीसम्मका विषयमा एकअर्काको आलोचना गरेका थिए । बाइडेनले ट्रम्पलाई मास्क लगाउनेबारे गम्भीर नभएको आरोप लगाएका थिए । जवाफमा ट्रम्पले खल्तीबाट मास्क झिकेर देखाउँदै आवश्यक परेको बेला लगाउने बताएका थिए । बाइडेन जस्तो २०० फिट पर हुँदापनि ठूलो मास्क लगाउने आफूले नगरेको ट्रम्पले बताएका थिए ।

महामारीको बेलामा चुनावी जुलुसहरु भइरहेको बारेको प्रश्नमा ट्रम्पले भने ( ुबाइडेनले पनि यति धेरै भींड जम्मा गर्न सकेको भए यस्ता जुलुस गर्थे ।ु

बाइडेनले ट्रम्पलाई कोरोना संक्रमण निको पार्न ब्लिच आफ्नो पाखुरामा हाल्न भन्दै मजाक उडाएका थिए ।आफ्नो ठाउँमा बाइडेन भएको भए अमेरिकामा २० लाखको मृत्यु हुने ट्रम्पले दावी गरेका थिए । तर बाइडेनले यो कुरा झुठो भएको सबैलाई थाहा भएको बताएका थिए ।

बहसमा निकै आरोप प्रत्यारोप र अराजक आदानप्रदानहरु भए । ट्रम्पले बाइडेनको बुद्धिमतामाथि प्रश्न उठाए भने बाइडेनले ट्रम्पलाई ुजोकरु भने । बाइडेनले अमर्यादित तरिकाले ट्रम्पलाई तिमी चुप लाग समेत भने । बारम्बार ट्रम्पले बीचबीचमा बोल्दै अशिष्ट शैलीमा बाइडेनमाथि आक्रमण गरे ।

कैयनपटक दुबैजना एकैपटक बोलिरहे । संचालक क्रिस वालेसलाई पालोपालो बोल्न लगाउन हम्मे हम्मे समेत परेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com