कोरोना त्रासले मानसिक समस्या


प्रकाशित मिति : आश्विन १२, २०७७ सोमबार

विश्वव्यापी महामारीका रूप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण समाजमा मानसिक समस्या बढ्दै गएकाले सचेत रहन चिकित्सकले आग्रह गरेका छन् । दैनिक बढ्दो गतिमा रहेको सङ्क्रमित तथा मृतकको सङ्ख्याले धेरैलाई मानसिक समस्या बढाएको विज्ञले औँल्याएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ डा। रवि शाक्य कोरोना सङ्क्रमण तथा त्यसको मृत्यु दरका कारण मानसिक रोगी बढेको बताउनुहुन्छ । उहाँले कोरोना लाग्ने डरका कारण पनि कतिपय आत्महत्या सम्मका घटना भएको बताउनुभयो ।

डा. शाक्य तनाव र चिन्ता भएपछि मानसिक समस्या आउनु स्वाभाविक हो, मानसिक रोगीमा झन् बढी समस्या आएको छ भने अन्य ठीक व्यक्तिमा पनि समस्या बढेको छ भन्नुहुन्छ । मानसिक रोगबाट सुधार भएका व्यक्तिले कोरोना लाग्ने डरले जाँडरक्सी खाने गरेको उहाँ बताउनुहुन्छ । उहाँले युवापुस्तामा मानसिक समस्या बढी छ । रोगजारी नपाउनुका साथै छरछिमेकीले गर्ने व्यवहारले धेरै समस्या भएको छ भन्नुभयो । कोरोना त्रासले जीवन असामान्य भएमा मनोविद्सँग परामर्श लिन सकिने र आवश्यक परे केही समयका लागि औषधि खानुपर्ने मनोविश्लेषक वासु आचार्यले जानकारी दिनुभयो । आचार्य चिन्ता, तनाव भएको खण्डमा अरू व्यक्तिसँग सम्पर्कमा रहनुपर्छ जसले गर्दा नचाहिने काम गर्नबाट जोगिन्छ भन्नुहुन्छ ।

उहाँले आफूूले विश्वास गर्ने व्यक्तिसँंग अनुभव साटासाट गर्नुपर्ने सुझाव दिँदै परिवारलाई समय दिने, आफ्नो दैनिक गतिविधिको तालिका बनाउने, व्यायाम गर्ने, पढ्ने, खाने, सुत्ने, उठ्ने लगायतका क्रियाकलाप सधैँ निश्चित समयमा गर्नुपर्ने जानकारी दिनुभयो । बेलायतको माइन्ड नामक मानसिक स्वास्थ्य संस्थाले यस्तो बेला मानिसलाई प्रकृतिमा रमाउने, धेरै समय घाममा बस्न, व्यायाम गर्न, राम्रो आहारविहार गर्न र पर्याप्त पानी पिइरहन सुझाव दिएको छ ।

विपत्तिको बेला देखिने लक्षण कम नभएमा वा बढ्दै गएमा, आफ्नो दैनिक काम गर्न कठिनाइ भएमा, नकारात्मक सोचाइ मात्र आइरहेमा, आत्महत्याको सोच, योजना वा प्रयास गरेमा, केटाकेटीको स्वभावमा परिवर्तन आएमा, वीभत्स घटनाको यादले झस्काइरहेमा मनोचिकित्सक, मनोविद् तथा मनोसामाजिक विमर्शकर्ताको सहयोग लिनुपर्ने सुझाव दिइएको छ । गोरखापत्र दैनिक 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com