माधव घिमिरेको १०२ औँ जन्मजयन्ती समारोहमा घिमिरे बिशेषाङ्कको लोकार्पण


प्रकाशित मिति : आश्विन ९, २०७७ शुक्रबार

साहित्य सागर डट नेटको आयोजनामा भर्चुअल माध्यमबाट राष्ट्रकवि माधव घिमिरेको १०२ औँ जन्म जयन्ती भव्यताका साथ मनाइयो ।  कार्यक्रममा सबै महादेशबाट साहित्यकार एवम् साहित्यानुरागीहरुको प्रतिनिधित्व र सहभागिता भएको थियो । कार्यक्रमका प्रमुख अतिथि बरिष्ट साहित्यकार नेपाल प्रज्ञाप्रतिष्ठानका  कुलपति गङ्गाप्रसाद उप्रेतीको उपस्थितिरहेको थियो  ।

उप्रेतीले भर्चुअल माध्यमबाट घिमिरेजयन्तीको व्यानर उद्घाटनका साथै साहित्यसागर डट नेटको माधवघिमिरे विशेषाङ्क लोकार्पण गर्नुभयो । उहाँले घिमिरेको निधन भएको महिना दिन पनि नपुग्दै पत्रिकाले घिमिरे विशेषांक निकाल्न सकेकामा खुसी व्याक्त गर्दै पत्रिकाको निरन्तरताको कामना गर्नुभयो ।

उहाँले साहित्यसागरको कार्यको सराहना गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानले भर्खरै चीन सँग नेपाली साहित्यका पुस्तकहरुलाई चिनियाँ भाषामा अनुवाद गर्ने बिषयमा सम्झौता भएको पक्ष जानकारी गराउनुभयो । उहाँले अनेसास, एनआरएन र अरु साहित्य सङ्घ सँस्थाहरुको योगदानको उच्च मूल्याङकन गर्दै सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा स्वदेश विदेशका विभिन्न सहित्यकार महानुभावहरुको उपस्थिति थियो । एनआरएनए भाषा साहित्य विभागका संयोजक साहित्यकार हिक्मत थापाले घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो र विदेशमा रहेका नेपालीका साझा व्यक्तित्वका रुपमा घिमिरेलाई चिनाउनु भयो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका नवनिर्वाचित अध्यक्ष श्री प्रकाश पौडेल माइला जापानबाट सहभागी हुनु भएको थियो । उहाँले  अनेसासले घिमिरेका नाममा दुई हजार डलरको पुरस्कार स्थापना गरेर घिमिरेको सम्मान गरेकोsबताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा एनआरएनए संस्कृति र सम्पदाका संयोजक श्री गोविन्दप्रसाद गौतम सहभागी हुनुहुन्थ्यो । मस्कोबाट बरिष्ट साहित्यकार श्री कृष्णप्रकाश श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । अष्ट्रेलियाबाट युवाकवि गणेश घिमिरे र  साहित्यकार डा मणि पनेरू सहभागी हुनुहुन्थ्यो । मिडिलइस्ट कुवेतबाट एनआरएनए आइसिसिका सदस्य एवं संस्कृति तथा सम्पदा समितिका क्षेत्रिय संयोजक  अमित चाम्लिङ राई सहभागी हुनुहुन्थ्यो । अमेरिकाबाट बरिष्ट साहित्यकार श्री होमनाथ सुवेदी, श्री इश्वरीप्रसाद भट्ट, अनेसासका महासचिव श्री सर्वज्ञ वाग्ले, बरिष्ट पत्रकार श्री किरण मरहठ्ठा र मणि नेपाली पनेरु सहभागी हुनुहुन्थ्यो । त्यस्तै गरी क्यानडाबाट कवि डा श्री भरतमान श्रेष्ठ कवि खगेन्द्र गौतम र सुरेन उप्रेतीको सहभागिता रहेको थियो ।

साहित्यसागरका सम्पादक रमेश शुभेच्छुले राष्ट्रकविलाई राष्ट्रमा मात्र सिमित नगरी विश्वकवितका रुपमा आजसम्म मानिँदै आएका भानुभक्त र लक्ष्मीप्रसाद देवकोटा जस्तै नेपाली आइकनका रूपमा विश्वमा चिनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले माधव पोखरेलको लेखमा रहेको विचार जस्तै र विश्वका अभ्यासहरुलाई पनि हेर्दा घिमिरे राष्ट्रकवि मात्र नभएर नेपाली जातिका साझा प्रतीक र विश्वकवि भएको बताउनुभयो । समेटिएका सामग्रीमध्ये प्राध्यापक राजेन्द्र सुवेदी मोहन सिटौला साहित्यकार कृष्णप्रकाश श्रेष्ठ आदिका लेख रचनाले राष्ट्रकविका विविध आयाम र विधाका बारेमा चर्चा भएको जानकारी गराउनुभयो । बिभिन्न लेख अनुभूति कविता र गजलहरु सङ्ग्रहित रहेको कुरा जानकारी गराउनु भयो । घिमिरे विषयक कविता गजल जस्ता रचनाले पनि घिमिरेको जीवनी व्यक्तित्व र कृतित्वलाई विम्ब र विषय बनाएर प्रस्तुत गरको चर्चा गर्नुभयो ।

राष्ट्रकवि माधव घिमिरेको गीतिनाटकको बारेमा प्रकाश पार्दै डा बिन्दु शर्माले घिमिरेको राष्ट्रियता र मानवीय चेतनालाई  र र विविध जीवन दर्शनलाई सरल ढङ्गले प्रस्तुत गर्ने बिशिष्ट कवि तथा नाटककार भएको चर्चा गर्नुभयो ।

कार्यक्रममा प्रा.डा माधवप्रसाद पोख्रेलले कविको बैशाख कवितामा शैलीवैज्ञानिक विश्लेषण गरेर प्रभावित भएको कुरा सम्झँदै घिमिरेका लागि कविता तपस्या हो , उहाँबाट सिक्नुपर्ने कुरा भनेकै संसारभरिका कविताहरु पढेर कविता लेख्ने हो भने मात्र कविताको गहनता आउने कुरा राख्नु भयो । उहाँले घिमिरेले एउटै कविता लेख्न पनि बर्सौँ लगाएको प्रसंग उल्लेख गर्नुभयो । माधव घिमिरेले “ज्योतिको पंखा उचाली” कविता लेखनको समयावधिको चर्चा गर्नुभयो ।  कविहरुले उत्कृष्ट कविता लेख्न होड गर्नुपर्दछ भन्ने पनि घिमिरेबाट सिक्नुपर्ने कुरा राख्दै घिमिरे आफैसँग होड गर्ने कवि हुन् भन्दै  घिमिरेकोकवित्व उत्कृष्ट भएको मूल्याङ्कन गर्नुभयो । माधव घिमिरे संस्कृतका शव्दहरु भन्दा पनि प्राकृत शब्दहरुलाई चयन गर्ने कवि, उच्चकोटिका गीतहरु रचना गर्ने पहिलो कविका रुपमा मूल्याङ्कन गर्नुभयो ।

साहित्यकार डा रामप्रसाद ज्ञवालीले माधव घिमिरेलाई औँठीमा मुगा हाल्न सफल कवि भनी चर्चा गर्नुभयो । माटाको काँस र सुनको तीन प्यालामा बालेको दीपको उधाहरण दिँदै महत्व भनेको ज्योतीको हो भन्नुभयो । एनआरएन भाषा साहित्यका संयोजक हिक्मत थापाले प्रवासमा रहेर साहित्य साधना गर्ने साधकलाई प्रोत्साहनका लागि पुरस्कार स्थापना गर्न लागेको कुरा जानकारी गराउँनभयो । वहाँले राष्ट्रकविलाई स्मरण गर्दै श्रद्धासुमन व्यक्त गर्नु भयो ।

एनआरएनएका संस्कृति तथा सम्पदा समितिका संयोजक गोबिन्दप्रसाद गौतमले नेपाली भाषा साहित्यको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनम बोष्टनमा भएको र त्यसबेला परिकल्पित यो यो अभियानलाई निरन्तरता दिएकोमा बधाइ तथा शुभकामना दिनुभयो । नेपाल प्रज्ञाप्रतिष्ठानका काव्यविभाग प्रमुख प्रा.डा हेमनाथ पौडेलले माधव घिमिरे प्रज्ञाको संस्थापकमध्येका एक जना हुनुहुन्छ भन्दै प्रज्ञाले निकाल्न लागेको कविता पत्रिकाको अन्तर्देशीय कविता अङ्कका लागि सबैलाई रचना पठाउन सूचित गर्नुभयो । कार्यक्रममा कवि गीता साप्कोटाले माधवप्रसाद घिमिरेको बैशाख कवितालाई लयबद्ध वाचन गरेर सुनाउनु हुँदै घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

कर्यक्रममा साहित्यसागरका प्रधान सम्पादक मणि नेपाली पनेरूले साहित्यसागर पुस्तक र पठनीय सामाग्रीको सागर हो भन्नुहुँदै यसलाई यसलाई आफ्नो मरणोप्रान्त पनि अगाडि बढाउन आर्थिक रूपले सहयोग गर्न परिवारलाई इच्क्ष्छापत्र लेख्छु , यो वालक छ यसलाई हुर्काउने सबै साहित्यकार र श्रस्टाहरुको दायित्व हो भन्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com