नेपाली विद्यार्थीलाई २ बर्षभन्दा लामो अमेरिकी भिसा नदिने नियम शुक्रबार फेडरल रजिस्टरमा


प्रकाशित मिति : आश्विन ८, २०७७ बिहीबार

अमेरिकी सरकारले अमेरिकामा पत्रकार, एक्सचेन्ज भिजिटर र विद्यार्थी भिसामा आउनेलाई अब विमानस्थलमा डीएस अर्थात् ड्युरेशन अफ स्टाटस नदिई फर्कनुपर्ने मिति नै उल्लेख गर्ने प्रस्तावित नियम ल्याएको छ ।

अहिलेसम्म पत्रकारको आईभिसा, एक्सचेन्ज भिजिटर र विद्यार्थीको एफ भिसाका लागि अमेरिका छिर्दा फर्कने मिति उल्लेख नगरी स्टाटस कायम गरुन्जेल बस्न मिल्ने उल्लेख गरिदै आएको छ ।

नयाँ नियममा विद्यार्थी भिसावाहकलाई अधिकतम ४ बर्षसम्ममात्र बस्न पाउनेगरी अध्यागमनमा मिति तोकिने उल्लेख गरिएको छ । साथै पत्रकारका सन्दर्भमा आई भिसा वाहकलाई २४० दिन अर्थात् ८ महिनामात्र अमेरिकामा बस्न पाउनेगरी अध्यागमनमा मिति तोकिने भएको छ । आई भिसामा आउनेहरुले अधिकतम अतिरिक्त २४० दिनसम्म आफ्नो बसाईको अवधि लम्बाउन सक्ने भएका छन् ।

यो नियम शुक्रबार फेडरल रजिस्टरमा प्रकाशित हुनेछ । २५६ पृष्ठ लामो नियमको पूर्ण पाठ यहाँ पढ्न सक्नुहुनेछ ।

तर १० प्रतिशतभन्दा बढी विद्यार्थी भिसा र एक्सचेन्ज भिजिटर भिसामा ओभरस्टे हुने मुलुकका सन्दर्भमा भने २ बर्षसम्ममात्र बस्न पाउने गरी अध्यागमनले अवधि तोक्ने नियममा उल्लेख छ ।

विद्यार्थी र एक्सचेन्ज भिजिटर भिसामा नेपालीहरु ओभरस्टे हुने दर आर्थिक बर्ष २०१९ मा १३ दशमलव ४३ प्रतिशत रहेको थियो । ओभरस्टे भएर पनि अमेरिकाभित्रै रहेकाहरुको प्रतिशत भने ११ दशमलव ४३ प्रतिशत रहेको थियो । यो आधारमा हेर्दा नयाँ नियम लागु भएपछि विद्यार्थी भिसामा आउने नेपालीहरुलाई जम्मा २ बर्षसम्म बस्न पाउनेगरी अध्यागमनले अवधि तोक्ने सम्भावना रहेको छ ।

त्यस्तै पढाई समाप्त गरेर फर्कने विद्यार्थीहरुका लागि ६० दिनको अवधि दिइदै आएकोमा नयाँ नियममा त्यसलाई घटाएर ३० दिनमात्र बनाइएको छ । साथै भिसाको अवधि थप्न चाहने एफ, जे र आई भिसा वाहकले पनि नियमित बायोमेट्रिक दिनुपर्ने नयाँ नियममा उल्लेख छ ।

यसरी एफ, जे र आई भिसामा अमेरिका प्रवेश गर्दा छापसँगै डीएस स्टाटस प्रदान गरिन्छ, जसको अर्थ अमेरिकामा उक्त स्टाटसमा रहँदासम्म वैध हुने भन्ने हुन्छ । भिजिटर भिसामा जस्तो तोकिएको मितिअगाडि फर्कनुपर्ने बाध्यता हुँदैन ।

अहिलेसम्म एफ, जे र आई भिसामा अमेरिका प्रवेश गर्दा छापसँगै डीएस स्टाटस प्रदान गरिन्छ, जसको अर्थ अमेरिकामा उक्त स्टाटसमा रहँदासम्म वैध हुने भन्ने हुन्छ । अहिलेसम्म उनीहरुलाई भिजिटर भिसामा जस्तो तोकिएको मितिअगाडि फर्कनुपर्ने बाध्यता छैन ।

अहिलेको नियम अनुशार अमेरिकामा आई भिसामा प्रवेश गर्ने पत्रकारहरुले मिडियामा आवद्ध रहुन्जेल र एफ भिसामा प्रवेश गर्ने विद्यार्थीहरुले पढाईमा आबद्ध हुन्जेल अमेरिकामा कानुनी रुपमा नै बस्न पाउने प्रावधान रहेको थियो । तर डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले प्रस्ताव गरेको नयाँ नियमले पुरानो प्रावधानलाई खारेज गर्ने भएको छ ।

डीएस स्टाटस दिंदा अमेरिकामा बस्न पाउने मितिबारे अन्यौल सृजना भएको तथा भिसाको दुरुपयोग भन्दै नयाँ नियम ल्याउन लागिएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com