न्युयोर्कको अफ ब्रोडवे थियटरमा नेपाली युवा, दुईदर्जन बढी अमेरिकन कलाकारसँगै नयाँ नाटकमा


प्रकाशित मिति : आश्विन ८, २०७७ बिहीबार

नेपाली युवा ओमराज राउतले अमेरिकाको अफ ब्रोडवे थियटरमा क्वारेन्टीनमा जीवन बचाउने १० तरिका नामको नाटकमा अभिनय गर्ने भएका छन् । फ्रिगिड न्यू योर्क थियटर महोत्सवमा आफ्नो एकल नाटक समेत मञ्चन गरिसकेका राउतले अल्फा एनवाईसी थियटर कम्पनीको अनलाइन प्रोडक्सनमा काम गर्न लागेका हुन् ।

डोन जोलिडिसको नाटक क्वारेन्टीनमा जीवन बचाउने १० तरिकामा एलिस क्यामारोटाको निर्देशन रहेकोछ । राउतले विगत ६ बर्षदेखि न्युयोर्कमा नाटक सम्बन्धि अध्ययन र अभिनय गर्दै आएका छन् ।

यो नाटकमा घरमा लामो समय विताइरहेकाहरुलाई क्यारेन्टीनमा जीवन बचाउने तरिकाबारे समाधान दिने राउतले बताए । यो कमेडी नाटकमा कलाकारहरुले अनलाइनबाट अभिनय गर्ने जनाइएको छ । यो लचकदार कमेडीबाट घरमा बसिरहेकाहरुले प्रसस्त मनोरञ्जन लिनसक्ने उनको अपेक्षा छ ।

आगामी सेप्टेम्बर २५ र २६ मा बेलुका ८ बजे नाटक प्रदर्शन गरिने छ । साथै सेप्टेम्बर २७ मा दिउसो २ बजे र ५ बजे नाटकको प्रदर्शन हुने भएको छ । नाटक घरैबाट हेर्न सकिनेछ । तर त्यसका लागि अनलाइनबाट टिकट लिनुपर्नेछ । नाटकमा राउतसहित २ दर्जनबढी अमेरिकन कलाकारहरुले अभिनय गर्नेछन् । नाटकका लागि २५ डलर शुल्क तोकिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नाटकबारे विस्तारमा थाहा पाउन र टिकट लिन यहाँ क्लीक गर्नुहोला ।

ओमराज राउत

राउतले न्युयोर्कको ब्रोडवे शोमा यस अगाडि पनि अभिनय गरिसकेका छन् । न्युयोर्कमा अभिनय विषयमा नै अध्ययन गरिरहेका उनले कलेजमा मात्र नभई कलेजबाहिरका थियटरहरुमा पनि अभिनय गर्दै आएका छन् । सिटी कलेज अफ न्युयोर्कमा अध्ययनरत उनी नेपालमा अभिनय र पब्लिक स्पीकिङमा डिप्लोमा गरेका थिए ।

उनले गतबर्ष एलिस क्यामारोटाको अभिनय रहेको लाइसिसट्राटा नामको युद्धबिरोधी कमेडीमा प्रहरी र एकजना बुढो व्यक्तिको भूमिका निभाएका थिए । लाइसिसट्राटा नाटक एरिस्टोफानिसले लेखेको ग्रिक कमेडी थियो, जुन झण्डै २४ सय बर्ष अगाडि एथेन्समा प्रदर्शन गरिएको बताइन्छ ।

त्यस अगाडि उनले न्युयोर्कको म्यारियन एन्डरसन थियटरमा किङ लियर नाटकमा नाइट र एड्गरको भूमिकामा अभिनय गरेका थिए । त्यस्तै आवर लेडी अफ १२१ स्ट्रीट नामको नाटकमा पनि उनले गेलको भूमिकामा अभिनय गरेका थिए । यो नाटक ट्राइबेका पर्फमिङ आर्ट सेन्टर न्युयोर्कमा मञ्चन भएको थियो । बीएमसीसी थियटर हलमा अ मिडसमर्स नाइट ड्रिममा अभिनय गरेका उनले भारतको अन्तर्राष्ट्रिय कलकत्ता थियटर महोत्सवमा अ नाइट वीथ माओ नाटकमा अभिनय गरेका थिए ।

उनले उक्त महोत्सवमा बेष्ट प्ले अवार्ड समेत प्राप्त गरेका थिए । त्यसअगाडि उनले नेपालमा कथा देश नामको नाटकमा पनि अभिनय गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com