११६ वर्षपछि बल्ल आइसियु : चाहे गर्न सकिँदो रहेछ


प्रकाशित मिति : आश्विन ५, २०७७ सोमबार

नेपालको दोस्रो जेठो अस्पतालका रुपमा रहेको भक्तपुर जिल्ला अस्पतालमा स्थापनाको ११६ वर्षपछि बल्ल सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालनमा आएको छ । जटिल रोग तथा शल्यक्रिया गरी उपचार गर्नुपर्ने बिरामीलाई आइसियु सेवा अति आवश्यक पर्दछ । वीर अस्पताललाइ नेपालको पहिलो सरकारी अस्पतालका रुपमा लिइन्छ । यही अस्पतालबाट आधुनिक चिकित्सा सेवाको शुरुआत समेत भएको बताइएको छ ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले विसं १९६१ असार १७ गते १५ श्ययाको ‘चन्द्रलोक डिस्पेन्सरी’ को नाममा अस्पताल स्थापना गर्नुभएको थियो । इतिहासकारका अनुसार यसैलाई पछि ‘भक्तपुर अस्पताल’ नामाकरण गरिएको हो । केही वर्षौँदेखि प्रयोगमा नआएका आइसियुका भेण्टिलेटर सहितका उपकरण सहित वाग्मति प्रदेश सरकारले पठाएको सामाग्रीबाट आइसियु सेवा पहिलो पटक सञ्चालनमा ल्याएको अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले जानकारी दिए । २०२८ सालमा ५० श्ययाको जिल्लास्तरीय अस्पतालको रुपमा सेवा विस्तार हुँदै २०६१ भदौमा २५ श्ययाको प्रसूति गृह थप गरी ७५ श्यया भएको थियो । अस्पतालमा गत बिहीबारदेखि आइसियु सेवा शुरु भएको अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिए ।

सरकारले सो अस्पताललाई कोरोना हव अस्पताल समेत तोकेको छ । यसपछि पाँच वटा भेन्टिलेटरसहित ६ श्ययाको आइसियु र कोरोना सङ्क्रमित राख्ने १६ श्ययाको आइसोलेशन एवम् १० श्ययाको कोरोनाका सामान्य बिरामी राख्ने आइसोलेशन तयार गरी सेवा सुरु गरेको उनले जानकारी दिए ।

उनले भने, “आइसियु अत्यावश्यक भइसकेको थियो, मैले यहाँको मेसुको कार्यभार सम्हालेपछि अस्पतालको सिंगो समूह मिलेर आइसियुको ब्लक निर्माणदेखि अन्य सबै तयारी पुरा गराैँ । वाग्मति प्रदेशका सामाजिक विकास मन्त्रीले जनशक्तिको व्यवस्थापन गर्न निर्देशन दिएपछि आइसियु सेवा सञ्चालनका लागि अस्पतालले करारमा नयाँ जनशक्ति थप गरेर सेवा सञ्चालनमा ल्यायौ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आइसियुको लागि थप एक श्यया र दुईवटा भेण्टिलेटर प्रदेश सरकारको आर्थिक सहयोगबाट जडान गरिएको छ । अस्पतालले कोभिडको महामारीको बीचमा पनि सबै सेवा जारी राखेको छ । अहिले कोरोनाका पाँच जना आइसियुमा, १३ जना लक्षण देखिएका र १० जना आइसोलेशनमा उपचार भइरहेको छ । त्यसैगरी विद्युत प्राधिकरण खरिपाटीस्थित आइसोलेशनमा ९७ जनाको उपचार भइरहेको उनले जानकारी दिए ।

अस्पताल आएका कुनै पनि बिरामी उपचार नपाइ फर्किनु नपरोस् भनेर अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, स्त्री रोग, प्रसूति सेवा, आमा सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ । सर्जरी, बालरोग, दन्तरोग, छाला रोग, मानसिक रोग, फिजियो थेरापी, आँखा तथा चश्मा जाँच, स्वास्थ्य बिमा सेवा, अल्ट्रासाउण्ड सेवा सञ्चालन गरिरहेको छ । अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याई औषधि खरिदामा १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

त्यसैगरी लैङ्गिक हिंसामा परेका महिला तथा पुरुषका लागि अस्पतालमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएर कुनै पनि हिंसामा परेकालाई स्वास्थ्य सेवा, सुरक्षा एवं कानूनी सेवा समेत दिने व्यवस्था गरेको मेसु डा। गौतमले जानकारी दिए । त्यसैगरी पाठेघरको निःशुल्क अप्रेशन तथा निःशुल्क प्रसूति सेवासमेत सञ्चालनमा ल्याएको छ ।

अस्पतालले पेईङ्ग क्लिनिक सेवा पनि सञ्चालनमा ल्याएको छ । अस्पतालको ओपिडि सेवा सकिएपछि दिउँसो ३ बजेदेखि र विहान ९ बजे अगाडि पेइङ्ग सेवा सञ्चालनमा ल्याएको हो । साथै बिभिन्न जटिल शल्यक्रिया, खुट्टा, छाती, पेटलगायत विशेष अङ्गहरुको भिडियो एक्सरे सेवा र प्रत्येक दिन बुधबार ३ बजेपछि अपाङ्ग बच्चा नजन्मियोस भनेर गरिने भिडियो एक्सरे अर्थात एनोमली स्क्यान र दुरबिन प्रबिधिबाट अप्रेशन सेवा समेत सञ्चालनमा ल्याएको छ ।

भक्तपुर अस्पतालमा कुनै पनि सेवा बन्द नरहेको जानकारी उनले भने, “अन्त अस्पतालले सेवा दिदैनन् भनेर कतिपय बिरामी सिधै यहीँ आउँछन्, कतिपय बिरामी निजी अस्पतालले भर्ना लिन मानेन भनेर विभिन्न अस्पताल चाहारेर यहाँ आइपुग्छन्, यो सरकारी अस्पताल हो, यहाँ आएका बिरामीलाई फर्काउनु भएन, त्यसैले सबै सेवा सञ्चानल गरेको छौ, केही सेवा थप गरेका छौ ।”

कोभिड ब्लक समेत सञ्चालनमा आएपछि अन्य रोगका आकस्मिक सर्जरी गर्नु परेमा बिरामी राख्ने ठाउँको अभावको भएको उनको भनाई छ । अस्पतालको एउटै कम्पाउण्ड भएपनि कोभिड र नन कोभिडका विरामीको उपचारमा फरक ब्लक भएकाले कोरोना भाइरस सङ्क्रमणको जोखिम कम भएको दाबी गर्दै उहाँले ठाउँको अभावले निकै समस्या भने पारेको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख एवं भक्तपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष नवराज गेलालले अस्पताललाई प्रदेश अस्पताल नभइ केन्द्रीय अस्पतालको रुपमा सरकारले विकास गर्नुपर्ने सुझाव दिए । उनले भने, “भक्तपुर अस्पतालको म अध्यक्ष हुँदा २०७२ सालमा रु। १ करोड ५० लाखको बजेटमा आईसियु स्थापना गर्न सामान ल्याए तर कर्मचारीले आईसियु चलाउन दिएनन्, मैले आईसियू चलाउन ठाउँ, पाँच श्ययाको बेड, तीन भेण्टिलेटर तयार पारेर अपाङ्ग मैत्री भ¥याङ्ग र अन्य ओपिडि सेवा थप गराए , अस्पतालको स्वरुप नै फेरियो । चाहे गर्न सकिन्छ भन्ने नमूना अहिल बन्यो ।”

अस्पताल जिल्लाको लागि मात्रै नभई पूर्वी जिल्लाका बिरामीका लागि भरोसाको केन्द्र बनिरहेको छ । अहिले अस्पताललाई थप भवन अभाव हुँदा यसतर्फ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ध्यान जानु आवश्यक देखिन्छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com