मुटु र मृगौला रोगीलाई कोरोना संक्रमण भएमा जोखिम उच्च, बच्ने उपायबारे नेपाली डाक्टरका सुझाव


प्रकाशित मिति : आश्विन २, २०७७ शुक्रबार

corona doctor

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनका अवसरमा शुक्रबार ‘वर्तमान सन्दर्भमा नेपाली आप्रवासीहरुको स्वास्थ्य सवाल र उनीहरुको मानसिक स्वास्थ्य’ विषयक भर्चुअल कार्यक्रम आयोजना गरिएको थियो ।

औपचारिक रुपमा सम्मेलन सुरु हुनुपुर्व शुक्रबार भएको पूर्वसत्रमा देश तथा विदेशमा कार्यरत मानसिक रोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ तथा मृगौला रोग विशेषज्ञहरुको उपस्थिति थियो ।

कार्यक्रम विदेशमा रहेका विभिन्न आप्रवासी नेपालीहरुमा कोरोनाले पारेको असर तथा मुटु, मृगौला र मानसिक रोगीहरुमा कोभिडको जोखिम सम्बन्धमा केन्द्रित थियो ।

पछिल्लो समय वैदेशिक रोजगारी तथा विभिन्न सिलसिलामा विदेशिएका युवाहरुमा मानसिक समस्या देखिने, आत्महत्या गर्ने, विदेश पुगेको केही दिनमा मृगौला खराब भएर फर्कनुपर्ने, हार्डअट्याक लगायत कारणले ज्यान गुमााउने क्रम बढेको कतारमा कार्यरत फिजिसियन डा नितेश अर्यालले बताउनु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएकाले व्यक्ति आफैँले पनि पहिलो प्राथमिकता स्वास्थ्यमा दिनुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा बोल्दै मानसिक रोग विशेषज्ञ डा प्रभाकर पोख्रेल कोरोना संक्रमण त्रासका कारण मानसिक रोगीहरुलाई थप जोखिम रहेको र आत्महत्या गर्ने प्रवृति बढेको बताउनुहुन्छ । आफ्नो देश छाडेर जानुपर्ने चिन्ताले पनि कतिपयलाई मानसिक समस्या हुने गरेको उहाँको बुझाइ छ । एकातिर भाषा र कामको चिन्ता र अर्कोतिर परिवारसँग बिछोड हुनुपर्दाको पीडाले विदेशिएका युवाहरु डिम्प्रेशनसम्म पुग्ने गरेको डा. पोख्रेलले जानकारी दिनुभयो ।

‘जब आफ्नो परिवार देश छाडेर नयाँ देश जानु परेको अबस्था छ र यसैलाई तनाबका रुपमा लिइयो भने डिप्रेशन हुन्छ’ उहाँले भन्नुभयो । तनाबका कारण विदेशमा नेपालीहरुले आत्महत्या गर्ने प्रवृति बढेको उहाँको भनाई छ ।

मानसिक रोग विशेषज्ञ डा. निस्हिता पाठक पहिलाको तुलनामा कोभिड महामारीपछि मानसिक रोग बढेको बताउनुहुनछ । धुमपान, मध्यपान गर्ने प्रवृति, कोरोना रोग बारे नबुझ्दा यसमाथि उब्जिएको त्रास तथा गर्भवती महिलाहरुमा पनि त्रासका कारण मानसिक रोग बढको उहाँको भनाई छ । मानसिक समस्याबाट बच्न सकारात्मक सोच राख्नुपर्ने , अनाबश्यक तनाब लिन नहुने डाः पाठकको भनाई छ ।

मानसिक रोग लागिसकेपछि चिकित्सकको सल्लाहअनुसार नियमित औषधीको प्रयोग गर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।

मुटु रोग विशेषज्ञ डा. सुर्य देवकोटाले मुटु रोगिहरुलाई कोरोना संक्रमणको निकै जोखिम हुने बताउनु भयो । अन्य अबस्थाका ३ प्रतिशत संक्रमितले ज्यान गुमाउने जोखिम रहेपनि मुटुरोगीहरुमा कोरोना संक्रमण हुँदा १० देखि १२ प्रतिशतले ज्यान गुमाउने अबस्था रहने डाः देवकोटाले उल्लेख गर्नुभयो ।

‘मुटु रोगिहरु अत्ति जोखिम समुहमा पर्छन । यस्ता रोगीहरुले विशेष ध्यान दिनुपर्छ’ डाः देवकोटाले भन्नु भयो ।

आफूसँग रोग भए पनि लुकाउने, गन्तव्य मुलुकमा पुगेपछि पनि सुगर, प्रेसर जस्ता रोगीहरुले आफूले प्रयोग गरिरहेको औषधी प्रयोग गर्न छाड्ने, धुमपान तथा मध्यपान गर्ने, शारिरीक व्ययम नगर्ने प्रवृतिले विदेशमा पुगेका अधिकांश युवाहरुमा मुटु रोग देखिने उहाँले बताउनु भयो ।

सरकारले मापदण्ड तय गरेर नेपालमा नै मुटुको परीक्षण गरेर विदेश पठाउन सके यसबाट पनि धेरै समस्या सामाधान हुने उहाँको भनाई छ ।

मृगौला रोग विशेषज्ञ डा. मिधान श्रेष्ठ किड्नीका विरामीहरु पनि कोरोना संक्रमणको निकै जोखिममा रहेको बताउनुहुन्छ । किड्नीका विरामीहरुमा रोगसँग लड्ने क्षमता कम हुँदा जोखिम रहेको उहाँको तर्क छ ।

जोखिमबाट बच्न किड्नीका विरामीहरुले आफूले दैनिक प्रयोग गर्दै आएको औषधीहरु नछुटाइ प्रयोग गर्नुपर्ने सल्लाह उहाँको छ ।

फिजिसियन डा. नितेश अर्यालले सञ्चालन गरेको उक्त भर्चुअल कार्यक्रममा थुप्रै स्वाथ्यकर्मीहरुको उपस्थिति थियो । मानसिक रोग विशेषज्ञ डा निस्हिता पाठक, मानसिक रोग विशेषज्ञ डा. प्रभाकर पोख्रेल, मुटु रोग विशेषज्ञ डा. सुर्य देवकोटा र मृगौला रोग विशेषज्ञ डा मिधान श्रेष्ठले कार्यक्रममा धारणा राख्नु भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com