जनकपुर आइपुग्यो नेपाली रेल


प्रकाशित मिति : आश्विन २, २०७७ शुक्रबार

नेपाल सरकारले खरिद गरेको धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेल सेट जनकपुरधाम आइपुगेको छ ।  नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएको २ रेल सेट जयनगरबाट हिँडेर शुक्रबार अपराह्‍न २ बजे जनकपुर आइपुगेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

लामो समयको प्रतिक्षापछि रेल जनकपुर आएपछि इनर्वादेखि जनकपुरको कुर्थासम्म हेर्ने स्थानीयको घुँइचो लागेको छ । नेपाल सरकारको १ अर्बको लागतमा चारवटा इन्जिनसहित दुई सेट रेल ल्याइएको हो । रेल सेटको निर्माण भारतको मद्रासस्थित रहेको इन्टिग्रल कोक्स नामक कम्पनीले गरेको हो । जनकपुरको पुरानो रेल्वे स्टेसनमा रेल हस्तान्तरणको लागि धनुषाको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा एक कार्यक्रमसमेत राखिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com