नेपालमा थप १ हजार २४६ जनामा कोरोना पुष्टि, १२४३ उपचारपछि डिस्चार्ज


प्रकाशित मिति : आश्विन १, २०७७ बिहीबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २४६ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ।संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ४२ हजार ९४९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२४३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।  ७२ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा १६ हजार २४१ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ७ हजार ९०३ जना रहेका छन् । होम आइशोलेशनमा ८ हजार ८३० रहेका छन् । अहिले क्वारेन्टाइनमा ७ हजार ८८३ रहेका छन् । आज १० हजार ६४१ जनाको पिसिआर परिक्षण गरिएको छ ।

काठमाडौं उपत्यकामा आज थपिए ६१८ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण देखिएको हो । बुधबारमात्र उपत्यकामा ७३७ जनामा संक्रमण देखिएको थियो ।

थप ४ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८३ पुगेको छ । आज थप ४ जनाको मृत्यु भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com