वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित


प्रकाशित मिति : आश्विन १, २०७७ बिहीबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनित भएका छन् । मन्त्रिपरिषद बैठकको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा गौतमलाई मनोनित गरेकी हुन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गौतमको सिफारिस शितल निवास पठाएको थियो।

२०७४ सालको प्रतिनिधिसभा सदस्य चुनावमा गौतम बर्दियाबाट पराजित भएका गौतम पटक-पटकको प्रयासपछि  राष्ट्रियसभा सदस्य बन्‍न सफल भएका हुन् । राष्ट्रियसभामा ६ महिनादेखि खाली रहेको मन्त्रिपरिषद्को‍ सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने एकजना सदस्यमा मन्त्रिपरिषद्ले‍ गौतमलाई सिफारिस गर्ने नेकपा सचिवालयको निर्णय गरेको थियो ।

राष्ट्रिय सभामा राष्ट्रपतिले नियुक्त गर्ने तीन जना सदस्यमध्ये डा. युवराज खतिवडाको कार्यकाल भदौ २० गते सकिएपछि पद रिक्त रहेको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको पदमा गौतमलाई सदस्य बनाउने निर्णय गरेकाे थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com