न्युयोर्क निवासी कलाकार नन्दिता केसीको पहलमा नेपालमा महामारी प्रभावितहरुलाई खाद्यान्न


प्रकाशित मिति : भाद्र ३०, २०७७ मंगलबार

अमेरिकाको न्युयोर्क निवासी कलाकार नन्दिता केसीको पहलमा कोरोना महामारीमा प्रभावित एचआइभी पीडित बालबालिका, फिल्म क्षेत्रका प्राविधिक, डान्सर लगायतलाई सहयोग प्रदान गरिएको छ । आश्रमहरूमा बस्ने र दिनभर काम गरेर बेलुका छाक टार्ने मजदूरहरूलाई पनि सहयोग गरिएको छ ।

उनले जन्मथलो अर्घाखाँचीमा तीस परिवारलाई खाद्यान्न प्रदान गर्ने जनाएकीछिन् । राजधानीमा भोका मजदुरहरुलाई खाना खुवाउने कार्यक्रम भईरहेको तथा खाना पकाउने ग्यास, नगद, खाद्यान्न वितरण गरिएको उनले बताइन् ।

केसीले बाइक दुर्घटनामा परेका कलाकार सन्नी रसाईलीलाई पन्ध्र हजार नगद सहयोग पनि गरेकी छिन् । नन्दिताको पहलमा भएको राहत वितरण कार्यक्रममा परिवारका सदस्यहरु बहिनी सजना केसी र दाई मोहन विक्रम केसीले सहयोग हस्तान्तरण गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

किर्तिपुरमा रहेको बेबी लाइफ होममा पन्ध्र हजार बराबरको रासन वितरण गरिएको छ। त्यहाँ २७ जना जन्मजात एचआइभी संक्रमित बालबालिका बस्दछन् । नन्दिताले यी बालबालिकालाई लगातार सहयोग गर्दै आइरहेकी छन्।

अमेरिकामा बस्ने नेपाली कलाकारहरु लगायत अन्य दाताहरुले यो अभियानमा सहयोग गरेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com