असोज १ गतेदेखि नै लामो दुरीको यातायात, आन्तरिक उडान र होटल सञ्चालन हुने
प्रकाशित मिति : भाद्र ३०, २०७७ मंगलबार

लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए।
मन्त्री ज्ञवालीका अनुसार सवारी चलाउँदा भाडा ५० प्रतिशतसम्म बढी लिन पाइनेछ। यात्रु राख्दा क्षमताको ५० प्रतिशतमात्र राख्नुपर्नेछ भने एउटा लहरमा एक जनामात्र यात्रु बस्नु पर्नेछ।
असोज १ गतेदेखि आन्तरिक उडान र होटल खुल्ने