सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री ज्ञवाली


प्रकाशित मिति : भाद्र ३०, २०७७ मंगलबार

सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई दिएका हुन् । मन्त्रीपरिषद् बैठकले अर्को निर्णय नगरेसम्मका लागि प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई दिइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडा गत भदौ २० गते कार्यकाल सकिएर बिदा भएसँगै सरकारको प्रवक्ता तोकिएको थिएन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com