कालोसूचीमा ओम्नी समूह, एक वर्षसम्म सार्वजनिक ठेक्कापट्टामा सामेल हुन नपाउने


प्रकाशित मिति : भाद्र २९, २०७७ सोमबार

स्वास्थ्य सामग्री खरिद अनियमितता प्रकरणमा मुछिएको ओबीसीआई प्रा.लि. (ओम्नी समूह) कालोसूचीमा परेको छ । सम्झौता बमोजिम स्वास्थ्य सामग्री आपुर्ती नगरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले भदौ २८ गतेदेखि लागू हुनेगरी १ वर्षका लागि ओम्नीलाई कालोसूचीमा राखेको हो।

स्वास्थ्य सेवा विभागले पहिलो पटक स्वास्थ्य सामाग्री खरिद गर्दा अनियमितता भएको देखिएपछि चैत १९ गते ठेक्का सम्झौता रद्द गर्दै जमानत जफत गर्ने र कालोसूचीमा राख्ने सिफारिस गर्ने निर्णय गरेका थियो। सोही निर्णयको ५ महिनापछि सार्वजनिक खरिद अनुगमन कार्यालययले ओम्नीलाई कालोसूचीमा राखेको हो। समयमा सामान ल्याउन नसकेको कारण देखाउँदै सम्झौता रद्द गरिए पनि मुख्य कारण भने चौतर्फी जनदबाब नै थियो ।

कालोसूचीमा परेपछि यस कम्पनीले अब एक वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद तथा ठेक्का प्रक्रियामा भाग लिन पाउने छैन । कोरोना महामारीसँग जुध्न स्वास्थ्य सामग्री खरिद गर्नेसम्बन्धी उक्त प्रक्रियाबारे संसद्को सार्वजनिक लेखा समितिले पनि अनुसन्धान गरिरहेको छ ।

हेर्नुहोस् सूचना :-

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com