मन्त्रिपरिषद् बैठक बस्दै, कुलमान र वामदेवबारे छलफल हुने


प्रकाशित मिति : भाद्र २९, २०७७ सोमबार

सोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे नियमित मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । आजको बैठकमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्तिबारे छलफल हुने बालुवाटार स्रोतले बताएको छ । कुलमान घिसिङको कार्यकाल आइतबारबाट सकिएको छ । निर्देशकमा घिसिङ पुन: दोहिरिन सम्भावना रहेको छ ।

यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय हुने सम्भावना रहेको छ । भदौ १८ गते बसेको नेकपा सचिवालय बैठकले वामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com