‘सेलिब्रेटी’ कर्मचारी कुलमान भन्छन्- ‘मैले काम मात्र गरेको हुँ’


प्रकाशित मिति : भाद्र २९, २०७७ सोमबार

‘अब नेपाल लोडसेडिङ मुक्त हुनेछ’, चार वर्षअघि यस्तो सन्देश मात्र पाउँदा पनि आमनेपालीको अनुहार उज्यालो हुन्थ्यो । त्यो भनिएको ठ्याक्कै चार वर्ष पुगेको छ । त्यही बीचमा उपभोक्ताले साँच्चिकै उज्यालो पाए, अर्थात् लामो समय देखिको दैनिक १६ घण्टा सम्मको लोडसेडिङ हट्यो ।

नेपाल विद्युत् प्राधिकरणमा आएका नयाँ कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युुत् भार कटौती (लोडसेडिङ) अन्त्य हुुुन्छ भनिरहँदा लोडसेडिङ तालिका खल्तीमा बोकेर गच्छेअनुसार दियालो, मैनबत्ती, मट्टितेल, इन्भर्टर र जेनेरेटरमा अभ्यस्त नेपालीलाई सितिमिति उक्त कुरा साँचो नै लागेन । कतिसम्म भने नेपाल विद्युत् प्राधिकरणका कर्मचारी पनि लोडसेडिङ मुुलुकको नियति नै भएको विश्वास गर्थे । तर उज्यालो नेपाल सम्भव भयो, लोडसेडिङ हट्यो, कुलमान ‘सेलिब्रेटी’ बन्नुभयो ।

तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री जनार्दन शर्माले ऋणको भार र खस्केको साखका बीच प्राधिकरण भित्रैबाट क्षमतावान् व्यक्ति खोजेर घिसिङलाई कार्यकारी निर्देशक बनाउनुभयो । त्यो नियुुक्ति प्राधिकरणको अवनतिलाई उन्नतिमा रूपान्तरण गर्ने योजनाको सुुरुवात थियो । त्यसका लागि समग्र सरकार र नेपाली जनताको पूर्ण समर्थन रह्यो । सातौँ तहको इन्जिनियरका रूपमा प्राधिकरणको सेवामा प्रवेश गरेका घिसिङ कार्यकारी निर्देशकको भूमिका सफल बनाउँदै आइतबारबाट बिदा हुनुभयो ।

आफ्नो चारवर्षे कार्यकाल सम्पन्न गरेर जाँदै गर्दा उहाँले भन्नुभयो, “संस्थागत सफलता एउटा व्यक्तिले हात पार्ने कुरा होइनस उसको इच्छा शक्ति, माथिको नेतृत्व र सहकार्य गर्ने टिमले सफलता दिलाउने हो । मैले काम मात्र गरेको हुँ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले सविस्तार भन्नुभयो, “सम्माननीय प्रधानमन्त्री र सरकारका अन्य नेतृत्वको निर्देशन एवं मार्गदर्शन र ऊर्जामन्त्री तथा मन्त्रालयको योजना, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत यस अवधिमा केही उल्लेखनीय उपलब्धि हासिल भएका हुन् ।”

आफूसँगै रहेका कार्मचारीको योगदान पनि उत्तिकै सराहनीय रहँदै आएको घिसिङको बुझाइ छ । “उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिस्पर्धी बनाउन प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारी र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एक जना व्यक्तिको प्रयासबाट मात्रै उपलब्धि हासिल गर्न सम्भव थिएन”, उहाँले भन्नुभयो । प्राधिकरणको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनले भन्छ, “सो वर्ष खुद नाफा १२.३६ प्रतिशतले बढेर ११ अर्ब पाँच करोड रुपियाँ पुगेको छ । सञ्चित नोक्सानी शून्य मात्र होइन नाफामा रूपान्तरण भएको छ ।”

घिसिङ नेतृत्वमा आउनुपहिले प्राधिकरणलाई बर्सेनि ऋण दिनुपर्ने र तिर्न नसकेपछि मिनाहा गर्नुपर्ने बाध्यता थियो । सरकारले त्यो बेला २७ अर्ब ५३ करोड रुपियाँ ऋण अपलेखन (राइटअप) गर्दा पनि ३४ अर्ब सञ्चित नोक्सानीकै अवस्थामा प्राधिकरण थियो ।

नेपाल विद्युत् प्राधिकरणको आधिकारिक ट्रेड युनियनका अध्यक्ष रामेश्वर पौडेल भन्नुहुन्छ, “ प्राधिकरणको छवि र नाफा विस्तार, कर्मचारीसँगको सम्बन्ध तथा जनताको विद्युत् प्राप्तिको अधिकार पूरा गर्ने नेतृत्व प्राधिकरणले पाएकै हो ।”आजको गोरखापत्र दैनिकमा समाचार छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com