लोक आधुनिक गीत ‘लिन आउँछु भन्थ्यौ’ : १३ बर्षपछि गायनयात्रामा न्युयोर्क निवासी उर्मिला


प्रकाशित मिति : भाद्र २५, २०७७ बिहीबार

अमेरिकाको न्युयोर्क निवासी गायिका उर्मिला लाम्गादेको नयाँ गीत भिडियो सहित सार्वजनिक भएको छ । लिन आउँछु भन्थ्यौ भन्ने बोलको गीत बुढा सुव्वा डिजिटल मार्फत युट्युवमा सार्वजनिक गरिएको हो ।

गीत सार्वजनिक भएपछि लाम्गादेले भनिन् – ‘आज मेरा लागि एकदमै खुशीको दिन हो । लामो समयदेखिको गीत निकाल्ने इच्छा पूरा भएको छ । आशा छ दर्शक, श्रोताहरुले गीत मन पराइदिनु हुनेछ ।’

गीतमा संगीत अर्जुन पोख्रेलको रहेको छ भने शव्द दिग्गज धौरालीको रहेको छ । गीत लोक आधुनिक शैलीको रहेको छ । गीतमा कलाकार पूजा शर्मा र राज कटुवालको अभिनय रहेको छ । गीतलाई कविराज गहतराजले निर्देशन गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

झण्डै १३ बर्षपछि गायन यात्रामा

उर्मिला लाम्गादेको झण्डै १३ बर्ष अगाडि एउटा भजन रेकर्ड भएको थियो । उक्त भजन भिडियोसहित रिलिज भएको थियो । त्यसपछि उनको कुनै पनि गीत रेकर्ड भएन । लाम्गादे भन्छिन् गीत निकाल्ने इच्छा थियो । तर समयले साथ दिएन ।

झण्डै तीनमहिना अगाडि उनको रुकुम घटनामा आधारित गीत निस्केपनि व्यवस्थीत तरिकाले भिडियो भने बन्न सकेन । तर यो गीत व्यवसायिक रुपमा नै निर्माण गरिएको लाम्गादेले बताइन् । यो गीत न्युयोर्कको म्यानहटनमा रहेको ज्याम्बक्स इन्टरटेन्मेन्ट स्टुडियो र ज्याक्सनहाइटमा रहेको ओम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।

झण्डै १३ बर्षपछि गायनयात्रामा आउँदा आफू निकै उत्साहित भएको र अब गायनलाई निरन्तरता दिने योजना रहेको उनले बताइन् । उनी भन्छिन् – ‘धेरै गीतहरु निकाल्दिन । तर आफूलाई मन परेका र छानिएका गीतहरु गाउँदै गायनयात्रालाई पनि निरन्तरता दिने योजना बनाएकी छु ।’

उर्मिला लाम्गादे

अभिनयमा रुची

उर्मिला लाम्गादेको अभिनयमा निकै रुची थियो । हेटौंडा रातामाटेमा जन्मिएकी उनी बच्चैदेखि अभिनयमा रुची राख्थिन् । तर उक्त शौख पूरा गरिदियो टेलिचलचित्र दलनले । जातीय विभेदबिरुद्धको उक्त टेलिचलचित्र झण्डै १० बर्षअगाडि रिलिज भएको थियो ।

दलनमा उनले दलितभित्रको पनि अन्तरजातीय जोडीका रुपमा अभिनय गरेकी छिन् । दलनमा नैना नामको पात्रको अभिनय गरेकी उनी म्युजिक भिडियोमा समेत देखिएकी थिइन् । त्यस्तै टेलिभिजनका केही चेतनामुलक विज्ञापनहरुमा पनि अभिनय गरिन् । स्वास्थ्य मन्त्रालयले निर्माण गरेको उक्त विज्ञापन नेपाल टेलिभिजनबाट खुब बज्यो ।

अभिनयमा रुची भएपनि सन् २०११ मा उनी अमेरिका आएकाले अभिनययात्रालाई अगाडि बढाउन सकिनन् । अब बच्चाहरु पनि हुर्किसकेकाले गायनयात्रालाई अगाडि बढाउनमा सहज वातावरण भएको उनी बताउँछिन् ।

बाल्यकालमा नै बुबाआमा गुमाएपछि असहज

विभिन्न कार्यक्रममा गाउने र बच्चैदेखि गाउने भएपनि गायनयात्रामा अगाडि बढ्नमा विभिन्न कुराले पछि परेको बताउँछिन् उनी । उनले बुबालाई बच्चैमा गुमाउनुपरेको थियो । झण्डै १६ बर्ष अगाडि आमालाई पनि गुमाउनुपर्यो ।

‘बच्चैमा बुबा वित्नुभयो । अब केही गरौं भन्ने उमेरमा आमा बित्नुभयो । त्यसैले बुबाआमाहरु नभएका कारणले पनि मलाई कलाकारिता यात्रामा अगाडि बढ्न त्यती सहज भएन ।’ –  उनी भन्छिन् ।

हिन्दु भजनबाट गायनयात्रा सुरु गरेकी उनले अब केही महिनामा क्रिश्चियन गीत पनि निकाल्ने योजना बनाएकी छिन् । अबको केही महिनामा उक्त गीत भिडयोसहित निकाल्ने उनको योजना छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com