भिक्षुबाट लेखक बनेका भारतीय मूलका जे शेट्टीको पुस्तक अमेजनमा बेस्ट सेलर


प्रकाशित मिति : भाद्र २४, २०७७ बुधबार

चर्चित प्रेरक वक्ता जे शेट्टीको पुस्तक थिङक लाइक अ मङक अमेजनमा बेस्ट सेलरको सुचीमा ‘ह्पाप्पीनेश सेल्फ हेल्प’ र ‘मेडिटेशन’ विधामा पहिलो नम्बरमा आएको छ भने विश्वका सबै पुस्तकमा तेश्रो नम्बरमा आएको छ । हाल अमेरिका निवासी शेट्टीले कैयन बर्ष भारतको आश्रममा भिक्षुका रुपमा जीवन विताएका थिए ।

आफूलाई शशक्तिकरण बनाउने बहु प्रतिक्षित पुस्तक अमेजनमा मंगलबार रिलिज भएपनि प्री अर्डरका रुपमा यस्ता प्रतिहरु विश्वभर विकेका थिए । यो पुस्तक अमेरिकामा साइमन एण्ड सुस्टरले प्रकाशित गरेको हो । पुस्तक अमेजन इन्डियामा नम्बर वानमा आउन सफल भएको छ ।

जे शेट्टी र शेट्टीको पुस्तकका साथमा न्युयोर्क निवासी नेपाली युवा लेखक राजन थपलिया । थपलियाका पनि अँग्रेजी भाषामा झण्डै दर्जन पुस्तक प्रकाशित छन् ।

पुस्तकको एरियाना हफिंटन, एलेन डिजेनर्स लगायतले तारिफ गरिसकेका छन् । जे शेट्टीले केहीबर्षदेखि फेसबुकमा प्रेरक भिडियोहरु प्रकाशित गर्दै आएका छन् । उनका फेसबुकमामात्र विश्वभरबाट झण्डै पौने ३ करोड फलोअर्सहरु रहेका छन् ।

यो पुस्तक अडियोमा समेत उपलब्ध भइसकेको छ । साथै गुगल बुक्स र अमेजनमा पाठकहरुको सकारात्मक रिभ्यु पाइरहेको छ । ३२ बर्षका लेखक शेट्टी बेलायतमा मध्यमबर्गीय भारतीय परिवारमा जन्मिएका हुन् । सन् २०१० मा उनी भिक्षुका रुपमा आश्रममा गएका हुन् । झण्डै तीनबर्षसम्म बम्बई र लण्डनका आश्रममा विताएपछि उनले आफ्नो अनुभव बाड्नका लागि बाटो बदलेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com