‘प्रेम गीत-३’का निर्देशक छेतन गुरुङको निधन
प्रकाशित मिति : भाद्र २४, २०७७ बुधबार

चलचित्र ‘प्रेम गीत–३’का निर्देशक छेतन गुरुङको निधन भएको छ । लिभरमा समस्या देखिए पछि उपचाररत उनको मंगलबार विहान २ बजे मेट्रो हस्पिटल महाराजगञ्जमा ४२ वर्षको उमेरमा निधन भएको हो ।
‘डम्बरुको डन्डिबियो’बाट निर्देशन सुरू गरेका उनले डायरी, नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर–३’ चलचित्र लेखेका थिए । कोरोनाका कारण उनको लेखन तथा निर्देशन रहेको चलचित्र ‘प्रेम गीत–३’ रिलिज भएको छैन । छेतन सन्तोष सेनसँग मिलेर ‘हु.तु.तु.’ चलचित्र निर्देशनको तयारीमा थिए ।