जनसम्पर्क अमेरिकाको अधिवेशन गर्न ६ महिना म्याद, अमेरिकी नागरिकता लिएकाबारेको अन्यौल कायमै


प्रकाशित मिति : भाद्र १४, २०७७ आईतबार

नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन गर्न मातृ पार्टी नेपाली कांग्रेसले थप ६ महिनाको म्याद दिएको छ । शनिवार पार्टीले एक परिपत्र प्रेषित गरी समितिको अधिवेशन सुरु गर्न निर्देशन दिएको हो। समितिका अध्यक्ष आनन्द विष्टको नाममा प्रेषित पत्रमा अधिवेशन प्रक्रिया तयारी अघि बढाउन भनिएको छ।

पार्टीको परिपत्रमा असार २२ गतेको कांग्रेस बैठकले अनुसार कार्यकाल सकिएका सबै जनसम्पर्क समितिको ६ महिना अवधि थप गरी सोही अवधिभित्र अधिवेशन गराउन निर्देशन दिने निर्णय गरेको थियो। सोही निर्णय अनुसार ६ महिनाभित्र अधिवेशन गर्ने गरी तयारी गर्न र संगठनको पछिल्लो समयको गतिविधि बारे र कोरोना महामारीमा नेपाली समुदायको पछिल्लो स्थिति बारे पनि केन्द्रीय कार्यालयमा विवरण पठाउन निर्देशन दिइएको छ।

६ महिनाको म्याद थपेर अगस्त २९ मा प्राप्त पत्र ।

पार्टीको यो परिपत्रसहित अब नेपाली जनसम्पर्क समिति,अमेरिका अधिवेशन प्रक्रिया सुचारु गर्न आन्तरिक तयारीमा जुटेको सभापति आनन्द बिष्टले जानकारी दिए । उनले भने – ‘हामी आगामी फरबरीभित्र महाधिवेशन गर्ने तयारीमा जुटेका छौं । महाधिवेशनका कतिपय गतिविधि भर्चुअल रुपमा सम्भव नहुने भएकाले कोरोना महामारीको अवस्था अनुशार बाँकी कुरा निर्धारण हुनेछ ।’

यसअगाडि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन ६ बर्षपछि अप्रिल ११ र १२ मा हुने तय भएको थियो । तर कोरोनाको महामारीका कारण अधिवेशन प्रकृया अगाडि बढ्न सकेन । सन् २०१४ मा टेक्सासमा भएको अधिवेशनबाट सभापतिमा आनन्द बिष्ट निर्वाचित भएका थिए । त्यो यता नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुन सकेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अप्रिलमा अधिवेशन गर्नका लागि अप्रिल ११ र १२ केन्द्रीय अधिवेशन गर्ने,मार्च २८ र २९ च्याप्टर अधिवेशन गर्ने र मार्च १५ भित्र जनसम्पर्क समिति अमेरिकाको सदस्यता वितरण गर्ने गरी कार्य तालिका नै प्रकाशित गरिएको थियो । तर मार्चको सुरुदेखि नै कोरोनाको महामारी फैलिएपछि सबै योजनाहरु स्थगित भएका थिए ।

सदस्यताबारे अन्यौल कायमै

नेपाली काँग्रेसले विदेशको नागरिकता लिएको व्यक्ति पार्टीको कृयाशिल सदस्य हुन नसक्ने वैधानिक प्रावधान बनाएपछि सुरुभएको अन्यौल कायमै छ । जसका कारण अमेरिका लगायत विदेशमा रहेका नेपाली काँगेस सम्बद्ध जनसम्पर्कसमितिले अधिवेशन समेत गर्न पाएका छैनन् ।

तर विगतमा पनि क्रियाशील सदस्यता आवेदन फाराम अलग र साधारण सदस्यता फाराम अलग्गै भरेर अधिवेशन गरेको नजीर रहेकाले पार्टीसंग पूर्ण समन्वय र परामर्श गरेर कठीनाईहरुको समाधान खोज्न निरन्तर लाग्ने बिष्टले जनाएका छन् ।

नेपाली काँग्रेसको नयाँ विधानको १२ नम्बर बुँदाको ख मा नेपाली काँग्रेसको सदस्यता प्राप्त गरेको १ बर्ष पुगेको विदेशमा बसेको नेपाली नागरिकले नेपाली काँग्र्रेसको कृयाशिल सदस्यता प्राप्त गर्नका लागि सम्बन्धित देशको जनसम्पर्क समितिमा तोकिएबमोजिम आवेदन गर्न सक्ने तर त्यसका लागि नेपाली नागरिकता र नेपाली राहदानीको प्रमाणित प्रतिलिपी पठाउनुपर्ने व्यवस्था गरेको छ ।

यसर्थ जनसम्पर्क समितिको कार्यसमितिमा आउनका लागि नेपाली काँगेसको कृयाशिल सदस्य हुनुपर्ने प्रावधान रहेका कारण विदेशको नागरिकता लिएका र जनसम्पर्क समितिको कार्यसमितिमा आउन चाहनेमाथि बन्देज लागेको छ ।

नेपाली काँग्रेसको विधान

खासगरी अमेरिका, क्यानडा, अष्ट्रेलिया, बेलायत जस्ता मुलुकमा बस्दै आएका नेपाली काँग्रेसहरुलाई विदेशको नागरिकता लिएको खण्डमा पार्टीको कृयाशिल सदस्य हुन नपाउने प्रावधानले ठूलो झड्का लागेको छ । किनभने यी मुलुकहरुमा बस्ने कैयनले अहिलेसम्म ती देशको नागरिकता लिएरै नेपाली काँग्रेसको सकृय राजनीति समेत गर्दै आएका छन् ।

नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि छनौट लगायतका प्रकृयामा  विदेशको नागरिकता लिएकाहरु सहभागी हुन पाउनेछैनन् । अहिलेकै जनसम्पर्क समितिका कार्यसमितिहरुमा समेत विदेशको नागरिकता लिएका नेपालीहरु रहेका कारण उनीहरुको कृयाशिल सदस्यता समेत धरापमा परेको छ ।

कोरानाका कारण कार्यान्वयन भएन पुरानो म्याद

गतबर्षको कार्तिक ५ मा नेपाली काँग्रेसले म्याद सकिएका विदेशमा रहेका जनसम्पर्क समितिहरुको अधिवेशन ६ महिनाभित्र गर्न निर्देशन दिएको थियो । त्यसको म्याद बैशाखमा सकिएपनि त्यसबारे कुनै निर्देशन आएको थिएन । तर अहिले पुन ६ महिनाको म्याद थपिएको हो ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको म्याद सन् २०१७ को नोभेम्बरमा नै सकिएको हो । अब म्याद सकिएको ३ बर्ष पुग्न लागेको छ भने सभापति आनन्द बिष्ट नेपाली काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्यको भूमिकामा समेत रहेका छन् । पहिले नै अधिवेशन हुनमा कैयन समस्याबाट गुज्रेको नेपाली जनसम्पर्क समिति अमेरिकामा कार्यसमितिमा आउन र पार्टीको कृयाशिल सदस्य हुनका लागि अमेरिकी नागरिकता लिएको हुन नहुने प्रावधानले समस्या थपिदिएको छ ।

गतबर्षको कार्तिक ५ मा ६ महिनाभित्र अधिवेशनका लागि गरिएको परिपत्र ।

के छ समाधानको उपाय ?

यो समस्या समाधानका लागि नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले गतबर्षको नोभेम्बर १९ मा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई सुझाव सहितको पत्र पठाएका थिए । तर उक्त पत्रबारे कुनै जवाफ अहिलेसम्म पनि प्राप्त भएको छैन ।

कृयाशिल सदस्यता फारम र साधारण सदस्यता फारम अलग अलग भरेर महाधिवेशन गर्ने योजनामा जनसम्पर्क समिति अमेरिका रहेको छ । तर त्यसका लागि पार्टी केन्द्रबाट पूर्ण स्वीकृति सहितको पत्र प्राप्त भएको छैन ।

नेपाली जनसम्पर्क समिति अमेरिका अमेरिकाको कानुनी प्रकृया पूरा गरी वैधानिक रुपमा दर्ता भएको समिति भएकाले अमेरिकी कानुन अनुशार समितिको साधारण सदस्यता वितरण गरेपछिमात्र अधिवेशन गर्नुपर्ने वैधानिक प्रावधान छ । यो वैधानिक समस्या अमेरिकाकोमात्र नभएर युरोपका देशहरु, क्यानडा, अष्ट्रेलिया र बेलायतको पनि हो ।

जनसम्पर्क समितिको कार्यसमितिमा आउनका लागि कृयाशिल सदस्य हुनुपर्ने र कृयाशिल सदस्य हुनका लागि विदेशको नागरिकता लिएको हुन नहुने प्रावधानका कारण कुनै वैकल्पिक उपाय नखोजे कैयन काँग्रेसहरु अधिवेशन प्रकृयाबाट वञ्चित हुनसक्ने जनसम्पर्क समिति अमेरिकाको ठहर छ ।

जनसम्पर्क समिति अमेरिकामा सभापति तथा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्ट ।

अमेरिकी नागरिकता लिएको व्यक्ति जनसम्पर्क समिति अमेरिकाको सभापति हुन पाउनुपर्ने तर नेपाली काँग्रेसको पदेन महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुन नपाउने व्यवस्थासहित महाधिवेशनका लागि बाटो खोलिदिन पार्टी सभापति देउवालाई अनुरोध गरिएको थियो । त्यसै अनुसार नै महाधिवेशन गर्नुपर्ने बिष्टको भनाई छ ।

विदेशमा रहेका जनसम्पर्कसमितिहरुलाई सम्बन्धित देशको कानुन अनुशार साधारण सदस्यता वितरण गरी नेतृत्व चयन गर्ने प्रावधानको व्यवस्था गर्न समेत अनुरोध गरिएको थियो । बिष्ट भन्छन् – ‘नेपाली जनसम्पर्क समिति अमेरिका अमेरिकी कानुन अनुशार दर्ता भएको संस्था भएकाले यसको नेतृत्वका लागि अमेरिकी नागरिकता लिएकाहरुलाई बन्देज लगाउन मिल्दैन । कृयाशिल सदस्य नभएको अमेरिकी नागरिकताप्राप्त व्यक्तिलाई पनि यसको नेतृत्वमा आउन पाउने बाटो खोल्नुपर्छ ।’

यो प्रावधान लागु हुँदा अमेरिकी नागरिकता लिएको व्यक्ति समेत जनसम्पर्क समितिको कार्यसमितिमा आउन त सक्नेछ तर माउपार्टीको कृयाशिल सदस्य हुन नपाउने भएका कारण महाधिवेशन प्रतिनिधि वा महासमिति सदस्यका रुपमा प्रतिनिधित्व गर्न पाउनेछैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com