एक घर एक रोजगारी,नेपाल बन्द नगर्ने राप्रपाकाे प्रतिवद्धता


प्रकाशित मिति : बैशाख १४, २०७४ बिहीबार

स्थानीय तह निर्वाचन लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधवार घोषणा पत्र सार्वजनिक गरेको छ।  नेपालबन्द निषेध गर्ने, एक घर एक रोजगारीसहितका योजनाहरु पनि घोषणा पत्रमा रहेकाछन्।

चुनाव सम्पन्न भएको एक महिनाभित्र आर्थिक अवस्थाको सर्वेक्षण गर्ने र विपन्न परिवारका लागि सुविधाका कार्यक्रम ल्याउने तथा पाँच वर्षभित्र गरीबीको रेखामुनी रहेका परिवारलाई माथि उकास्ने कार्यक्रम पनि घोषणापत्रमा उल्लेख छ्न्।

बिपन्न परिवारलाई सुपोषणाको लागि शिशु जन्मने वितिकै ५ हजार उपलवब्ध गराउने घोषणा पत्रमा उल्लेख गरेको छ।
राप्रपाले आफुले वियज गरेको गाउँ र नगरपालिकामा बन्द निषेधीत क्षेत्र घोषणा गर्ने र कहिल्यै नेपाल बन्द नगर्ने पनि प्रतिबद्धता जनाएको छ।
संसदको चौथो ठूलो दल राप्रपाले सार्वजनिक गरेको घोषणपत्रमा राप्रपाले चुनाव जितेका गाउँपालिका र नगरपालीकामा रहेका सरकारी कार्यलयमा, विद्यालय र सार्वजनिक संस्थानमा पृथ्वीनारायणा शाहको तस्विर झुन्डाउने कार्यक्रम घोषणापत्रमा समेटिएका छ।

रायमाझी आयोगले जनआन्दोलन दबाउने प्रमुख दोषी ठहराएका अध्यक्ष कमल थापाले सार्वजनिक गरेको घोषणापत्रमा ०६२ र ६३ को जदनआन्दोलनलाई पनि जनक्रान्तिको संज्ञा दिइएको छ। पृथ्वी जयन्तिको दिन पुष २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक विदा दिने घोषणा गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com