सेप्टेम्बरका लागि नेपाल जान नियमित ६० र चार्टड २७ उडानलाई अनुमति (अवतरण तालिका)


प्रकाशित मिति : भाद्र ९, २०७७ मंगलबार

नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सेप्टेम्बरका लागि नेपाल जाने नियमित ६० र चार्टड २७ उडानलाई अनुमति दिएको छ । नियमित तर्फ विदेशी एयरलाइनसलाई ३१ र स्वदेशीलाई २९ वटा उडानको अनुमति दिइएको छ ।

पहिलो दिन सेप्टेम्बर २ तारिखमा दिन मलेसियाबाट उडेको मालिन्दो र जापानबाट उडेको नेपाल एयरलाइन्सको नियमित विमान अवतरण गर्नेछ । सेप्टेम्बरभर नेपाल एयरलाइन्सले जापान, दुबई, मलेसिया र हङकङबाट १७ वटा नियमित उडान गर्नेछ । जसमध्ये ८ वटा उडान दुबईबाट हुनेछन् । त्यस्तै हिमालय एयरलाइन्सले सेप्टेम्बरभर चाइना, मलेसिया र अबुधाबीबाट १२ वटा नियमित उडान गर्नेछ ।

सम्पूर्ण उडान तालिका यहाँ हेर्नुहोला ।

विदेशी एयरलाइन्सका सन्दर्भमा भने मालिन्दोलाई ३ वटा, टर्किसलाई ४ वटा, क्याथे ड्रागनलाई २ वटा, कोरियन एयरलाई ४ वटा, चाइना साउदर्नलाई ४ वटा, एयर अरेबियालाई ३ वटा, कतार एयरलाइन्सलाई ४ वटा, फ्लाई दुबईलाई ३ वटा, मलेसियन एयरलाइन्सलाई २ वटा, एयर चाइनालाई २ वटा नियमित उडानको अनुमति दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चार्टड उडानको अनुमति भने हिमालय, नेपाल एयरलाइन्स, जजिरा र सलाम एयरलाइन्सलाईमात्र दिइएको छ । उनीहरुले मालदिभ्स, दोहा, कुवेत, जेद्दा, दमाम, ओमान र रियादबाट चार्टड उडानहरु गर्नेछन् । सेप्टेम्बर ३ र सेप्टेम्बर १७ बाहेक हरेक दिन चार्टड विमानहरु अवतरण गर्ने तालिका बनाइएको छ ।

क्वारेन्टीनमा बस्नका लागि तोकिएको होटल र दररेट यहाँ हेर्नुहोला ।

यी उडानमार्फत नेपाल आउनेहरुले झण्डै एकदर्जन शर्तहरु पालना गर्नुपर्नेछ । नियमित उडानबाट आउनेहरुले विमान चढ्नुभन्दा ७२ घण्टाभित्र कोरोना नेगेटिभ भएको प्रमाणपत्र ल्याउनुपर्ने, एउटै उडानबाट आएका कोरोना नेगेटिभ रिपोर्ट भएकाहरु १४ दिन अनिवार्य होम क्वारेन्टीनमा बस्नुपर्ने, यात्रुहरुले कोभिड १९ संकट व्यवस्थापन केन्द्रको वेवसाइटमा रहेको नेपाल आउनेले भर्नुपर्ने अनलाइन फर्म भरेर त्यसको बारकोड वा प्रिन्ट कपी साथमा लिई आउनुपर्ने लगायतका शर्तहरु रहेका छन् ।

त्यस्तै एउटै उडानबाट कोरोना नेगेटिभ भएका र परीक्षण नभएका व्यक्तिलाई ल्याउन नपाइने, कोरोना नेगेटिभ भएका र परीक्षण नभएका व्यक्तिलाई एउटै उडानबाट ल्याएमा सबै यात्रु होटल क्वारेन्टीनमा बस्नुपर्ने र होटल क्वारेन्टीनमा लागेको खर्च सम्बन्धित एयरलाइन्सले नै बेहोर्नुपर्ने, नियमित उडानमा कोरोना परीक्षण नगराएका, होटल बुक नगरेका वा अन्य शर्त पुरा नगरेका कुनै यात्रु ल्याएमा सरकारले त्यस्ता एयरलाइन्सलाई कारवाही गर्ने शर्तहरु रहेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com