भदौ १६ पछि पनि एनआरएनहरु नेपाल जान नपाउने, को जान पाउने ? गएपछि के गर्नुपर्ने ?


प्रकाशित मिति : भाद्र ९, २०७७ मंगलबार

नेपाल सरकारले भदौ १६ गतेबाट अन्तर्राष्ट्रिय हवाई उडानहरू खुला गर्ने निर्णय गरिसकेको छ । तर ती उडानहरुमार्फत विदेशमा रहेका गैर आवासीय नेपालीहरु भने जान नपाउने भएका छन् ।

यसअघि सरकारले भदौ १ गतेबाट उडान सञ्चालन गर्न दिने निर्णय गरेपनि उक्त मिति भदौ १६ सम्मका लागि पछाडि सारिएको थियो ।

यस अगाडि आपतकालिन अवस्थामा रहेका एनआरएनहरुलाई समेत नेपाल जान अनुमति दिइएको छ । नेपाल जानुपर्ने अवस्थामा रहेका कैयन एनआरएनहरु कन्सुलेटहरुबाट पत्र लिएर नेपाल गएका थिए ।

को को जान पाउँछन् ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ निर्णय अनुशार पीसीआर परीक्षण सहज भएका मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङकङ, अष्ट्र्रेलिया, अमेरिका, क्यानडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णय अनुशार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थीत विदेशी नियोगका कुटनीतिज्ञ तथा कर्मचारीहरु, संयुक्त राष्ट्र संघ, विकाश साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिहरु मात्र नेपाल आउन पाउनेछन् ।

तर कोरोना परीक्षण सहज नभएका मुलुकहरु भन्दै साउदी, अरब, कुवेत, कतार वा अन्य मुलुकबाट नियमित उडानबाट यात्रुहरु ल्याउन नपाइने भएको छ । त्यस्ता मुलुक र नियमित उडानका लागि अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कुटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रु चार्टर उडानमार्फत भने नेपाल आउन सक्नेछन् ।

नियमित उडानबाट जाँदा कोरोना नेगेटिभ भएको प्रमाणपत्र अनिवार्य

नियमित उडानबाट आउनेहरुले विमान चढ्नुभन्दा ७२ घण्टाभित्र कोरोना नेगेटिभ भएको प्रमाणपत्र ल्याउनुपर्नेछ । साथै उनीहरुले कोभिड १९ संकट व्यवस्थापन केन्द्रको वेवसाइटमा रहेको नेपाल आउनेले भर्नुपर्ने अनलाइन फर्म भरेर त्यसको बारकोड वा प्रिन्ट कपी साथमा लिई आउनुपर्नेछ ।

नियमित उडानको तालिका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्रकाशन गर्ने जनाइएको छ ।

प्रमाणपत्र ल्याउनेहरु होम क्वारेन्टीनमा बसे हुने

कोरोना नेगेटिभ भएको प्रमाणपत्र भएका यात्रु सबैलाई दर्ता र स्वास्थ्य परीक्षणको कार्य सकिएपछि कम्तीमा १४ दिन घरमै क्वारेन्टीनमा बस्ने लिखित प्रतिबद्धतासहित जान दिने र त्यसको अनुगमन स्थानीय तहले गर्ने जनाइएको छ ।

अर्थात् मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङकङ, अष्ट्र्रेलिया, अमेरिका, क्यानडा र युरोपेली मुलुकबाट पीसीआर वा आरटी परीक्षणको प्रमाणपत्र लिएर जानेहरु होटल क्वारेन्टीनमा बस्नुपर्ने छैन । उनीहरु होम क्वारेन्टीनमा बस्न सक्नेछन् ।

कोरोना परीक्षण नेगेटिभ भएको प्रमाणपत्र भएका र नियमित उडानबाट आएका नेपाली नागरिकलाई १४ दिन होम क्वारेन्टीनमा बस्ने लिखित प्रतिबद्धतासहित जान दिने र त्यसको अनुगमन स्थानीय तहले गर्ने जनाइएको छ ।

प्रमाणपत्र नभएकाहरु अनिवार्य होटल क्वारेन्टीनमा

वैदेशिक रोजगार वा कल्याणकारी कोषको खर्चमा उद्दार उडानबाट आउने व्यक्तिहरु बाहेक अन्य तरिकाले उद्दार उडानबाट नेपाल आउने नेपाली नागरिकहरु काठमाडौं उपत्यकाभित्रका होटलमा आफ्नै खर्चमा कम्तीमा ७ दिन अनिवार्य क्वारेन्टीनमा बस्नुपर्ने निर्णय सरकारको छ ।

अर्थात् कोरोना परीक्षण सहज नभएका मुलुकहरु भन्दै साउदी, अरब, कुवेत, कतार वा अन्य मुलुकबाट कोरोना परीक्षण नगराई चार्टड उडानबाट आउनेहरु अनिवार्य होटल क्वारेन्टीनमा बस्नुपनेर्छ । त्यसका लागि उनीहरुले पहिले नै होटल बुकको खर्च एयरलाइन्सलाई तिर्नुपर्नेछ ।

टिकट किन्दा नै एयरलाइन्समार्फत होटल बुक

होटल क्वारेन्टीनमा बस्नुपर्ने गरी हवाई उडानबाट नेपाल आउने यात्रुलाई हवाई टिकट जारी गर्दाकै अवस्थामा होटल क्वारेन्टीनमा कम्तीमा ७ दिन बस्दा लाग्ने खर्चसमेत सम्बन्धित यात्रुबाटै लिने र यसरी उठाइएको होटल क्वारेन्टीन वापतको रकम सम्बन्धित होटललाई भुक्तानी गर्ने दायीत्व सम्बन्धित एयरलाइन्सको हुनेछ ।

नियमित उडानमा कोरोना परीक्षण नगराएका, होटल बुक नगरेका वा अन्य शर्त पुरा नगरेका कुनै यात्रु ल्याएमा सरकारले कारवाही गर्ने चेतावनी दिएको छ ।

कोरोना नेगेटिभ भएका र परीक्षण नभएका मिसाएर ल्याए सबै होटल क्वारेन्टीनमा

एउटै उडानबाट कोरोना नेगेटिभ भएका र परीक्षण नभएका व्यक्तिलाई ल्याउन नपाइने नियम बनाइएको छ । कोरोना नेगेटिभ भएका र परीक्षण नभएका व्यक्तिलाई एउटै उडानबाट ल्याएमा सबै यात्रु होटल क्वारेन्टीनमा बस्नुपर्ने र होटल क्वारेन्टीनमा लागेको खर्च सम्बन्धित एयरलाइन्सले नै बेहोर्नुपर्ने जनाइएको छ ।

उद्दार उडानबाट र्यापिड टेस्ट वा पीसीआर परीक्षण नगरी अन्य परीक्षण गरेर नेपाल आएका व्यक्तिहरु आफ्नै खर्चमा कम्तीमा ७ दिन जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रबाट सुचीकृत होटलमा अनिवार्य रुपमा क्वारेन्टीनमा बस्नुपर्नेछ । यसरी आएका व्यक्तिलाई क्वारेन्टीनमा रहेको ५ दिनपछि सरकारले कोरोना परीक्षण गरेपछि नेगेटिभ आएमा थप ७ दिन घरमै क्वारेन्टीनमा बस्नेगरी जान दिइनेछ ।

दैनिक ५ सय भन्दा बढी आउन नपाउने

नियमित वा चार्टड विमानबाट दैनिक ५ सयभन्दा बढी यात्रुलाई नेपाल आउन नदिइने भएको छ । दैनिक आगमन यात्रु ५ सयभन्दा बढी नहुने गरी सस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नियमित र उद्दार उडान संचालनको व्यवस्था मिलाउने भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com